नासो को वनभोज सम्पन्न


प्रकाशित मिति : भाद्र १२, २०७५ मंगलबार

न्यूयोर्क/ नासो कम्यूनिटी न्यूयोर्क शाखा ले हरेक वर्ष जस्तै यस वर्ष पनि बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

सो अबसर मा नासो कम्यूनिटी न्यूयोर्क शाखा का अध्यक्ष रायन लाम्घादे ले सबै सहभागीहरू लाई स्वागत गर्दै समाज अहिले पनि समाज छूवाछूत जस्तो कलंक व्याप्त रहेको , प्रवास समेत यस्ता कुसंस्कारहरू लाई बचाऊँन र केही व्यक्ति समूह हरू लागेको देख्दा दया लागेको बताऊँनू भयो। सो कार्यक्रम मा नासो का केन्द्रीय अध्यक्ष गोपाल बिक ले सम्पूर्ण प्रवासी नेपाली हरू ले सामाजिक न्याय का आवाज उठाऊन आग्रह गर्नू भएको थियो ।

उक्त कार्यक्रममा दलित एवं साहित्यकार रणेन्द्र बराली , नासो उपाध्यक्ष करन सुनार ,समाजसेवी खेम रामदाम लगायत का सामाजिक अभियंताहरू ले बिचार राख्नु भएको थियो।

कलाकार र सहभागी द्वारा गीत संगीत मार्फ़त मनोरंजन गरेका थिए। कार्यक्रम लाई सफल बनाउन अहोरात्र खटिनु हूने बिधाता पौडेल रमेश दर्नाल, कुमार नेपाली गंगा सुनार विजु सापकोटा लगाएत सबै सहभागी, अथिति र सहयोगी हरू लाई नासो का शाखा अधक्ष्य रायन लामघादे ले धन्यवाद ज्ञापन गर्नू भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com