वाणिज्य दुत क्षेत्रीले ‘चराको गित कवितासंग्रह’ लिएर आए


प्रकाशित मिति : भाद्र ११, २०७५ सोमबार

साहित्यकार कृसु क्षेत्रीको कवितासंग्रह चराको गीत न्यूयोर्कमा बिमोचन गरिएको छ । नेपाल सरकारका वाणिज्य दुत क्षेत्रीको अमेरिकाका लागि राजदूत अर्जुन कार्कीले एक भव्य समारोहका बिच कविता संग्रह बिमोचन गरेका हुन् ।

२०५७ सालमा राष्ट्व्यापी कविता प्रतियोगितामा चराको गित कविता प्रथम भएको थियो । उक्त कविताको शिर्षकबाटै यस कृतिको नामाकरण गरिएको छ । आफ्नै दाजु डा दुबशु क्षेत्रीका कारण साहित्य लेखनमा सक्रिय भएका कृसुका सयौं कविता, गित, गजल सञ्चार माध्ययबाट प्रकाशित भईरहन्छन् ।

दोश्रो जनआन्दोलन सम्मका महत्वपूर्ण अनुभव समेटिएका कविता, चराको गित कविता संग्रहमा समावेश छन् । बिमोचन कार्यक्रममा बोल्दै कवि क्षेत्रीले भने, संग्रहमा जीवनका धेरै उतार चढावका बिषय समावेश भएको छ, यो मेरो संग्रहले शासक र शासित दुवै वर्गलाई सम्बोधन गर्न खोजेको छ ।

देवकोटा शताब्दी स्वर्ण पदक, राष्ट्यि युवा प्रतिभा पुरस्कार लगायतका पुरस्कारबाट सम्मानित भएका क्षत्रीका कविता, गजल, काब्य प्रकाशित भएका छन् ।

कवितासंग्रह ८ महिना अगाडि गत जनवरीमा साझा प्रकाशनले बजारमा ल्याएको हो । १२ बर्षको अन्तरालमा क्षत्रीको कविता संग्रह आएको हो । यस अगाडि २०६३ सालमा क्षत्रीको बोधिसत्वको मृत्युउत्सव कवितासंग्रह प्रकाशित भएको थियो । युएस नेपाल अनलाइनको आयोजनामा भएको कार्यक्रम जर्सी सिटीका मेयरकी सल्लाहकार डा बिष्णुमाया परियारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com