एभरेष्ट फेडरल क्रेडिट युनियनले सरकारबाट पायो सञ्चालन अनुमति


प्रकाशित मिति : भाद्र ८, २०७५ शुक्रबार

अमेरिकामा नेपालीले स्थापना गरेको बैंकिङ कारोबार गर्ने संस्थाले सञ्चालन अनुमति पाएको छ । न्यूयोर्कबाट पहिलो बैङ्किङ शुरु गरेर अमेरिकाको विभिन्न शहरहरुमा शाखा विस्तार गरिने लक्ष्य राखिएको एभरेष्ट फेडरल क्रेडिट युनियन (इएफसियू)लाई अमेरिकी केन्द्रीय सरकार अन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसनले सञ्चालन अनुमति दिएको हो ।

अनुमति पाएसँगै निक्षेप संकलन, कर्जा प्रवाह तथा क्रेडिट कार्डसमेत संस्थाले जारी गर्नेछ । संस्थाको प्रवद्र्धनका लागि अगष्ट २५ तारिख साँझ समुदायलक्षित एक बृहत समारोह न्यूयोर्क सिटीस्थित ज्याक्सन हाइट्समा आयोजना गर्दै छ ।

उद्घाटन समारोहमा अमेरिकाका विभिन्न क्षेत्रका राजनीतिक प्रतिनिधिहरु, नेपाल सरकारका राजदूत र कन्सुलेटलगायत अमेरिकाका विभिन्न स्टेटबाट प्रतिनिधित्व गर्ने व्यापारी, व्यवसायीको उपस्थिति रहने छ ।

एभरेष्ट फेडरल क्रेडिट युनियनका संस्थापक सदस्यहरुले तीन वर्षदेखि लगाताररुपमा जटिल कानूनी प्रक्रिया, रिक्वायरमेन्ट, सर्भे, विजनेश प्लान, फाइनान्सियल प्लान, मार्केटिङ प्लान, बाइलज, पोलिसिज, सँग विभिन्न तहका मिटिङ, समझदारी, लाखौं डलरको खर्च र तमाम भोलेन्टियरको अथक प्रयासपछि उपलब्ध गरेको यो गौरवपूर्ण उपलब्धि नेपाली समुदायले अमेरिकाको क्रेडिट युनियनहरुको सर्वोच्च नियामक फेडरल गभर्मेन्टअन्र्तगत रहेको नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेशन (एनसीयूए)सँग समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरी वैधानिकता प्राप्त गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संस्थाका बोर्ड अफ डाइरेक्टर, सुपरभाइजर कमिटी, क्रेडिट कमिटीले न्यूयोर्कस्थित व्यापारिक केन्द्र वाल स्ट्रिट नजिक रहेको म्युनिसिपल क्रेडिट युनियनको कार्यालयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । वालस्ट्रिटलाई संसारकै आर्थिक–व्यापारिक केन्द्रका रुपमा चिन्ने गरिन्छ ।

अमेरिकामा विभिन्न देशबाट आएका आप्रवासीले आ–आफ्नो समुदायलक्षित क्रेडिट युनियन सञ्चालन गर्दै आएका छन् । सम्बन्धित देशका आप्रवासीको संख्या एवम् आर्थिक गतिविधि बढ्दै गएपछि यस्तो सामुदायिक बैकिङ संस्था सञ्चालनमा ल्याएको प्रचलन देखिन्छ । समुदायको आर्थिक हित प्रवद्र्धनको मूल उद्देश्य लिएर युनियन स्थापना हुने गरेका छन् । क्रेडिट युनियनलाई निक्षेप संकलन एवम् कर्जा प्रवाह दुवै गर्ने अनुमति हुन्छ ।

अमेरिकी सरकारले यस्ता सामुदायिक बैङ्कहरुलाई कर छुट दिने भएकाले अन्य बैङ्कका तुलनामा समुदायलाई यसले सहुलियत दरमा ऋण उपलब्ध गराउन पाउने छ । साथै, बचतमा बैङ्कको तुलनामा बढी ब्याज उपलब्ध गराउन सक्दछ । क्रेडिट युनियनका सदस्यहरु नै यसका मालिक हुने भएकाले यसमा खाता खोल्ने सबै यसका मालिक हुनेछन् ।

संस्था सञ्चालनलगत्तै अब नेपाली समुदायले पहिलो चरणमा चेकिङ एकाउण्ट, सेभिङ एकाउण्ट, रिटायरमेन्ट एकाउण्ट, विशेष मुनाफा वितरण हुने क्उभअष्ब एकाउण्ट, डेबिट कार्ड, सवारीसाधन ऋण, व्यक्तिगत ऋणजस्ता सुविधा पाउनेछन् । साथै, संस्थाले क्रेडिट कार्ड, विद्यार्थि ऋण, साना व्यवसाय ऋण, घर खरिद ऋण, तथा अन्य वैकिड० सुविधाहरु संचालनमा ल्याउने लक्ष्य राखिएको छ ।

एभरेष्ट फेडरल क्रेडिट युनियनमा सदस्य बनेकाहरुले मात्र यी सबै सुविधा प्राप्त गर्नेछन् । अमेरिकाभर बसोवास गर्ने नेपाली समुदायभित्रका सबै व्यक्तिहरुलाई संस्थामा सदस्य र डिपोजिटर बनाएर सुविधा प्रदान गर्ने लक्ष्य एभरेष्ट फेडरल क्रेडिट युनियनले लिएको छ र त्यहीअनुसार सबै राज्यहरुमा शाखा सञ्चालन गर्ने अनुमति प्राप्त गरेको छ ।

संस्थाले ५ वर्षभित्रमा कम्तीमा १० वटा शाखा खोल्ने र १० हजार डिपोजिटर संख्या पु¥याई २ सय मिलियन अमेरिकी डलरभन्दा माथिको कारोबार गर्ने लक्ष्य लिएको छ ।

हालसम्म एभरेष्ट फेडरल क्रेडिट युनियनले न्यूयोर्क, ज्याक्सन हाइट्सस्थित सम्पर्क कार्यालयबाट दर्ता प्रक्रियासम्मका लागि काम गर्दै आएको छ । अब नेसनल क्रेडिट युनियन एड्मिनिष्ट्रेशनबाट अनुमति पाएसँगै वित्तीय कारोबारका लागि युनियनले छुट्टै भवन खोज्ने प्रक्रिया शुरु गरिसकेको छ ।

न्यूयोर्क, क्विन्सस्थित ज्याक्सन हाइट्सबाट पहिलो बैङ्किङ कारोबार शुरु गर्ने एभरेष्ट फेडरल क्रेडिट युनियनले नेपालीभाषीहरुको घनाबस्ती रहेका राज्यहरु टेक्सस, क्यालिफोर्निया, डिसी भर्जिनिया मेरिल्याण्ड, म्यासच्युसेट, फ्लोरिडा ,जोर्जिया, वासिङ्टन, नर्थ केरोलिना, पेन्सलभेनिया, सिकागोलगायतका अन्य राज्यहरुका सहरमा आवश्यकताअनुसार शाखा विस्तार गर्ने लक्ष्य पनि लिएको छ ।

संस्थाले नयाँ सदस्यका लागि आवेदन समेत खुल्ला गरिएकोे छ । आफ्नै क्रेडिट युनियन भएपछि अमेरिकाभरि बसोवास गर्ने नेपालीभाषीहरुलाई अब आर्थिक कारोबार गर्न सहज हुनेछ । आफ्नै भाषामा पनि कुराकानी गरेर बचत एवम् कर्जा लिने अवसर यहाँ रहेका नेपालीहरुले प्राप्त गर्नेछन् । साथै यसको मुनाफाको पनि हकदार रहनेछन् ।

संस्थाले नेशनल क्रेडिट युनियन एड्मिनिष्टे«शनको पूर्ण ब्याकग्राउण्ड चेकपश्चात् ७ बोर्डअफ डाइरेक्टर, ३ सुपरभाइजर कमिटी, ३ क्रेडिटकमिटी सदस्यहरुलाई प्रारम्भिक चरणको बोर्डमा नियुक्त गरेको छ ।

रिक्त रहेका ७० प्रतिशत बोर्डलगायत अरु कमिटीमा उपयुक्त व्यक्तिहरुलाई नियुक्ती गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसरी नियुक्त भएका पदाधिकारीको पदावधि नेसनल क्रेडिट युनियन एड्मिनिष्ट्रेशनले तीन वर्षका लागि बोर्डमा नियुक्त गर्ने छ ।

नेसनल क्रेडिट युनियन एड्मिनिष्ट्रेशनका अनुसार १० करोडभन्दा बढी अमेरिकीहरु क्रेडिट युनियनहरुका सदस्य छन् । यो अमेरिकामा आर्थिक रुपले सक्रिय जनसंख्याको झण्डै आधा हिस्सा हो । अमेरिकामा क्रेडिट युनियनलाई सामुदायिक बैङ्कका रुपमा हेर्ने गरिन्छ जो नेपालको कोअपरेटिभ भन्दा धेरै फरक छ ।

किनकी अमेरिकामा क्रेडिट युनियनले बैङ्कसरह डिपोजिट र ऋण प्रवाह गर्न पाउँदछन् र जो–जो यसका डिपोजिटर छन् उनीहरु नै यसका मालिक हुन् र उनीहरु नै मुनाफामा हकदार हुन्छन् । त्यसैगरी प्रत्येक डिपोजिटरको २ लाख ५० हजार अमेरिकी डलर बराबरको रकम फेडरल डिपोजिट इन्सुरेन्स कर्पोरेशनले जस्तै एनसीयूएले हरेक खाताको बीमा गरेको हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com