संविधान संशोधन गरेमा प्रतिकार गर्ने चेतावनी


प्रकाशित मिति : मंसिर ११, २०७३ शनिबार

नेकपा एमालेले सरकारले पेलेर जबरजस्ती संविधान संशोधन गरेमा प्रतिकार गर्ने चेतावनी दिएको छ । शुक्रवार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको स्थायी समितिको बैठकले राजनीतिक दलहरुबीच दुरी बढाउने र समाजमा द्वन्द्व निम्त्याउने गरी संविधान संशोधन गर्न खोजिएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

संविधान कार्यान्वयन गर्ने मूख्य जिम्मेवारीबाट विमुख भएर संविधान संशोधन गर्ने निर्णय गरेको पुष्पकमल दाहाल प्रचण्ड नेृतृत्वको सरकारले स्थितिको गम्भीरता र आमजनताको चहानालाई ध्यानमा राखेर पछि हट्नुपर्नेमा पनि एमालेले आफ्नो अडान दोहो¥याएको छ।

‘१४ महिनाभित्र तीनवटा निर्वाचन गरिसक्नुपर्ने बाध्यकारी अवस्थामा गम्भीर अड्चन खडा गर्ने गरी सरकारले गर्न लागेको संविधान संशोधनको कोशिसप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको छ’, पार्टी प्रवक्ता तथा सचिव योगेश भट्टराईले भनेका छन्, ‘अहिलेको संक्रमणकालिन अवस्थामा सरकारको काँधमा संविधान कार्यान्वयनको गहन जिम्मेवारी छ । आफ्नो जिम्मेवारीबाट पछि हटेर संशोधनका नाममा अनावाश्यक, अनुचित र हानिकारक गतिविधितर्फ सरकार लाग्नु दुःखद छ ।’

एमालेले संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेको आफूलाई बेवास्त गर्दै संविधान संशोधन अघि बढाए प्रतिकार गर्नुबाहेक अर्को विकल्प आफूसँग नहुने पनि उल्लेख गरेको छ । ‘संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्बाह गरेको एमालेको असहमतिका बाबजुत जबरजस्ती संविधान संशोधन गरिए त्यसको सशक्त प्रतिवाद हुने स्पष्ट पार्न चाहन्छौँ,’ सचिव भट्टराईले भनेका छन् ।

एमालेको स्थायी समिति बैठकले जनताको इच्छाविपरित र अनावायश्यकरुपमा कसैको दबाब परेर सरकारले गर्न लागेको संविधान संशोधनको निर्णयको प्रतिवाद गर्न अन्य दलहरु, नागरिक समाज र सर्वसाधरणलाई पनि आग्रह गरेको कारोबारमा खबर छ । आजै बैठकबाट एमालेले संविधानको धारा १२१ विपरित सरकारले ल्याउन लागेको पुरक बजेटको पनि कुनै औचित्य नरहेको पनि स्पष्ट पारेको छ । एमालेले पुरक बजेट ल्याउने सकारको मनासय पनि उचित नरहेको उल्लेख गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com