अष्ट्रेलियाका लागि पानी माग्दै मनाइयो ईद


प्रकाशित मिति : भाद्र ६, २०७५ बुधबार

इद मनाउन सिड्नीमा भेला भएका ३० हजार भन्दा बढी मुसलमान समुदायका नागरिकहरुले खडेरीसँग संघर्षरत अष्ट्रिेलियाका लागि पानी मागेका छन् । इद–उल–अदाका अवसरमा अष्ट्रिेलियाको सिड्नीस्थित मस्जिदमा भेला भएर खडेरीबाट पीडित किसान र त्याहाँका स्थानीयका लागि पानी माग्दै प्रार्थनामा जुटेका हुन् ।

खडेरी पीडित किसानलाई सहयोगका लागि चन्दा समेत संकलन गरिएको छ । लेबनिज मुस्लिम एशोशिएशनले प्रार्थनासभाको आयोजना गरेको हो । पछिल्लो केही समययता न्यू साउथ वेल्स लगायत क्वीन्स्ल्याण्ड, भिक्टोरिया लगायतमा केही स्थानहरु खडेरीको चपेटामा छन् । खडेरीका कारण किसानहरु सबैभन्दा बढी पीडित बनेकाछन् ।

यो वर्षको खडेरीलाई अष्ट्रेलियको इतिहासमा नै सबैभन्दा लामो खडेरी भनिएको छ । प्रधानमन्त्री माल्कोम टर्नबुलले समेत अष्ट्रेलिया खडेरीको भूमि बनेको टीप्पणी गर्दै सहयोग गर्न अपील गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com