घरघरमा ग्यास जोड्दै छन् प्रधानमन्त्री ओली


प्रकाशित मिति : भाद्र ५, २०७५ मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर प्रस्थान गर्दै हुनुहुन्छ । उहाँले आज विराटनगरमा सञ्चालनमा आएको बायो ग्यासको निरीक्षण तथा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

विराटनगरका एक सय ३५ घरमा पाइपबाट ग्यास जडान गरिएको छ । गौशला भित्र रहेको २ सय ७ वटा गाईको गोबर संकलन गरी उत्पादन गरिएको बायोग्यास पाइपबाट घर–घरमा पुर्याएको हो । विश्व बैंकको ८४ लाख लगानीमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पाइप लाइन मार्फत स्थानीयवासीको भान्सासम्म ग्यास पुर्याएको हो ।

यसैबीच प्रधानमन्त्री ओली आजै विराटनगरबाट झापा प्रस्थान गर्नुहुने भएको छ । गृह जिल्ला झापामा उहाँले कार्यकर्र्ता भेटघाट र नेकपाको जिल्ला र स्थानीय कमिटि निर्माणका बिषयमा भएको सहमतिबारे जानकारी लिनुहुने उहाँका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com