एप्पल आइप्याडको ब्याट्री बिस्फोट,तीन कर्मचारी समस्या


प्रकाशित मिति : भाद्र ५, २०७५ मंगलबार

एप्पल आइप्याडको ब्याट्री बिस्फोट हुँदा एप्पलमा कार्यरत तीन कर्मचारीलाई समस्या देखिएको छ । नेदरल्याण्डसको आम्सटरडममा रहेको एप्पल स्टोरमा आइप्याडको ब्याट्री बिस्फोट भएको हो ।

ब्याट्रीमा आगो लागेपछि तीन कर्मचारीलाई सामान्य समस्या देखिएको थियो । घटना आइतबार भएको हो । घटना लगतै स्टोर बन्द गरिएको थियो ।

आम्सटरडमको अग्नी नियन्त्रण विभागले एप्पल स्टोलमा सानो आगलागी भएको र तीन कर्मचारीको स्वासप्रस्वासमा समस्या देखिएकाले उपचार गरिएको उल्लेख गरेको छ ।

एप्पलले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ । घटनालगत्तै स्टोरमा रहेका ग्राहकलाई सुरक्षित रुपमा बाहिर निकालिएको र केही बेर स्टोर बन्द भएको एप्पलले जनाएको छ । त्यसको केही समयपछि अवस्था सामान्य बनाएर स्टोर खुलाइएको एप्पलले उल्लेख गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एप्पलको समाचार वेब साइटले आइफोनको ब्याट्री रिप्लेस गर्ने कार्यक्रम सुरु गरेयता यस्ता केही घटना भएको उल्लेख गरेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com