अमेरिकामा २५ बर्षिय दोश्रो पुस्ताका युवा आयुष खरेल हे-मार्केट शहरको योजना आयोग सदस्यमा मनोनित


प्रकाशित मिति : भाद्र ४, २०७५ सोमबार

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको हे मार्केट नामक शहरको योजना आयोग सदस्यमा २५ बर्षिय आयुष खरेल मनोनित भएका छन् । सम्भवत अमेरिकाको ईतिहासमा युवा उमेरमा यो पदमा आयुष खरेल पहिलो बन्ने अवसर प्राप्त गरेका छन् ।

दोश्रो पुस्ताका खरेल १२ बर्षको उमेरमा अमेरिका आएका हुन् । नेपाल पाल्पा तानसेन घर भएका खरेल भर्जिनियाको मनासस शहर नजिक रहेको हे मार्केट शहरमा आफ्ना मातापिता साथ बस्दछन ।

१३ बर्ष अघि अमेरिका आएका नेपाली मूलका युवा आयुष खरेल हेयमार्केट शहरको योजना आयोगमा सदस्यमा छानिए पछि स्थानीय हेमार्केट विकास निर्माण र योजनाका बारेमा स्थानीय जनताको हितमा काम गर्ने खरेलले बताएका छन् ।

अमेरिकामा राजनीति गर्न चाहनेहरुका लागि यो योजना आयोग निकै महत्वपूर्ण मानिन्छ। खरेलले स्थानीय तहमा बसेर गरेको कामलाई अमेरिकी समुदायले स्वीकार गर्दै थप जिम्मेबारी दिएकोले दत्तचित्तका साथ आफुले थप काम गर्ने बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा यस्तो योजना आयोग सदस्यका लागि प्रारम्भिक चरणमा निवेदन दिएर अन्तर्वार्ता दिएर उतीर्ण हुनु पर्छ । सो चरण उतीर्ण गरे पछि स्थानीय जनतासँग विभिन्न चरणमा सार्वजनिक सुनुवाई पारित भए पछि गरिने सिफारिसलाई आधार मानेर नगर प्रमुखले नियुक्ति गर्ने प्रकृया छ।

आयुष खरेलले उच्च बिद्यालय (हाईस्कुल )उतीर्ण भर्जिनिया अमेरिका बाट नै गरेका हुन् । खरेलले पूर्वस्नातक (अन्डरग्राजुएट ) गरेका छन् भने हाल उनि एमाजोनमा साइबर(अंतर्जाल ) सुरक्षामा काम गर्दछन ।

नेपाली मूलका मधु पन्थी नगर परिषद सदस्य रहेको उक्त पद रिक्त भए पछि उक्त पदको लागि १५ जनाको निवेदन मध्ये आयुष खरेल छानिएका हुन् । मधु पन्थी प्रस्तावक रही हे मार्केट नगर परिसदको बैठकको बन्द सत्रमा बृहत छलफल भै सिफारिस गरे पछि हे मार्केटका नगर प्रमुख डेविड लिकले अन्तिम निर्णय गर्दै आयुषलाई मनोनित गरेका हुन् ।

आयुष समाजसेवी तिलक खरेल तथा अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस ) कि अध्यक्ष कमला खरेल का सुपुत्र हुन् । उनि उक्त पदमा अगस्त २० तारिख देखी नै लागु हुने गरि मनोनित भएका छन् ।

उनलाई हे मार्केटको नगर परिषद को गत अगस्त ६ तारिखमा बसेको बैठकले मनोनित गरेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com