कोरियाली भाषा परीक्षामा पास भएकाहरुको स्वास्थ्य परीक्षण आजबाट, यि यि ठाँउबाट हुनेछ स्वास्थ्य परिक्षण


प्रकाशित मिति : भाद्र ४, २०७५ सोमबार

रोजगार अनुमति प्रणाली(ईपीएस) मार्फत दक्षिण कोरिया जाने कामदारहरुको स्वास्थ्य परीक्षण आजबाट सुरु भएको छ । स्वास्थ्य परीक्षण काठमाडौं उपत्यकाका चारवटा अस्पतालमा व्यबस्था गरिएको छ । यसका लागि परीक्षण गर्नुपर्ने व्यक्तिले पाटन अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, निजामती अस्पताल र नेपाल कोरिया मैत्री अस्पतालमा जानुपर्नेछ ।ईपीएस कोरिया शाखा नेपालले जनाए अनुसार आजबाट हरेक दिन एक हजारका दरले कोरिया जाने कामदारहरुको स्वास्थ्य परीक्षण सुरु गरिएको छ ।

स्वास्थ्य परीक्षणको पूर्ण प्रतिवेदन भने परीक्षण गरिएको चार दिनपछि आउने बताइएको छ । स्वास्थ्य परीक्षणबाट उत्तीर्ण भर्इ अन्य सबै प्रक्रिया पूरा गरेमा यही भदौ ८ गतेबाट रोजगार आवेदन फाराम भर्न पाउने व्यवस्था गरिएको बताइएको छ ।सन् २०१९ का लागि लिइएकाे इपिएस भाषा परीक्षामा पास भएकाहरूको स्वास्थ्य परीक्षण सुरु भएकाे हाे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com