प्रियंकाले आफ्नो इन्गेजमेन्टमा किन बोलाइनन् दीपिकालाई ?


प्रकाशित मिति : भाद्र ४, २०७५ सोमबार

बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला अमेरिकन गायक निक जोनाससँगको इन्गेजमेन्टले चर्चामा छिन् । शनिबार मुम्बईमा प्रियंका र निकले आफ्नो परिवारका साथ ‘रोका’ गरे । ‘रोका’ को समय दिनभरि पूजापाठ भइरह्यो। अबेर रातसम्म पनि पाहुना आउने जाने सिलसिला जारी थियो ।

रातभर प्रियंकालाई बधाई दिन अभिनेत्री आलिया भट्ट, परिनीति, निर्देशक सञ्जयलीला भन्साली, विशाल भारद्वाज पनि उपस्थित थिए । तर प्रियंकाको गेस्ट लिस्टमा अभिनेत्री दीपिका पादुकोणको नाम भने थिएन । रणवीर सिंह आए दीपिका पनि आउने आकलन धेरैले गरेका थिए तर उनको नाम प्रियंकाको गेस्ट लिस्टमा परेन ।

सन् २०१४ मा करण जोहरको चौथो सिजनको च्याट सो कफी विथ करणमा यी दुवै नायिकासँगै उपस्थित थिए । सबैलाई लागेको थियो यी दुई निकै राम्रा साथी हुन् । त्यसपछि यी दुई सुन्दरीलाई २०१५ को फिल्म बाजिराव मस्तानीमा पनि सँगै देखिएको थियो ।

प्रियंकाको निकसँग इन्गेजमेन्ट भए पनि विवाहको डेट भने तोकिएको छैन । भारतको एक सञ्चारमाध्यमका अनुसार दीपिकाले प्रियंकालाई जहिले पनि सपोर्ट गर्दै आएकी छन् । प्रियंकाले आफ्नो इन्गेजमेन्टमा बोलाएकी भए दीपिका अवश्य आउने थिइन् र बधाई दिने थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com