श्रीदेवीकी अनस्क्रिन बहिनीले हारिन् क्यान्सरसँगको युद्ध, अस्पतालमा मृत्यु


प्रकाशित मिति : भाद्र ४, २०७५ सोमबार

फिल्म इंग्लिश विंग्लिशमा श्रीदेवीकी बहिनीको भूमिकामा देखिएकी नायिका सुजाता कुमारको निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिइन् र अस्पतालमा भर्ना थिइन् । उनी नायिका सुचित्रा कृष्णमूर्तीकी बहिनी हुन् । सुजाताको मृत्युको खबर सुचित्राले ट्वीटरमामा दिएकी छिन् ।

मिडिया रिपोर्ट अनुसार सुजाता मेटास्ट्याटिक क्यान्सरबाट पीडित थिइन् र मुम्बईको लीलावती अस्पतालमा भर्ना थिइन् । उनको क्यान्सर चौथो स्टेजमा पुगिसकेको थियो । सुजाताका विभिन्न अंगले कामसमेत गर्न छाडिसकेको थियो ।

सुचित्राले अगस्ट १८ मा बहिनी सुजाताको रोगबारे ट्वीट गरेकी थिइन् । उनले सुजाता आइसियुमा भर्ना भएको बताएकी थिइन् । उनले बहिनीको सुस्वास्थ्यका लागि प्रशंसकको प्रार्थना मागेकी थिइन् । आइतबार राती सुचित्राले सुजाताले १९ अगस्ट २०१८ को राती ११.२६ बजे संसारबाट बिद भएको जानकारी दिइन् ।

सुचित्राले सुजाताको सोमबार अन्तिम संस्कार गरिने जानकारी दिएकी छिन् ।

सुजाताले इंग्लिश विंग्लिशबाहेक रांझणा, गोरी तेरे प्यारमेजस्ता फिल्ममा अभिनय गरेकी थिइन् । उनले होटल किंगस्टन, बम्बे टकिज र २४ जस्ता टेलिभिजन कार्यक्रममा पनि अभिनय गरेकी थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com