अब अर्को इतिहास कायम राख्ने इच्छा छ : प्रचण्ड


प्रकाशित मिति : भाद्र ४, २०७५ सोमबार

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु सोचेभन्दा विल्कुल फरक ठाउँमा आइपुगेको बताएका छन् । आफ्नो व्याक्तिगत जीवन, जनयुद्ध र अहिले पार्टी एकतासम्म आइपुग्दा सोचेको भन्दा फरक ठाउँमा आएको महसुस भएको बताएका हुन् ।

राजधानीमा आइतबार एक उपन्यासको विमोचन गर्दै अध्यक्ष प्रचण्डले राजनीति गर्दा नेतृत्व आफैले गर्नुपर्ला भन्ने कहिल्यै नसोचेको बताउँदै अहिले दुई पार्टीको एकतासम्म आइपुगेको बताए । ‘आफै नमरी स्वर्ग देखिँदैन भन्ने ठाउँमा पुगियो’, प्रचण्डले भने, ‘जनयुद्ध हुँदै यहाँसम्म आइपुगियो ।’

पृथ्वीनारायण शाहपछि जनयुद्धको ठूलो लडाइ भएको उल्लेख गर्दै उनले त्यसलाई शान्तिमा रुपान्तरण गर्ने, संविधान बनाउने, कार्यान्वयन गर्ने र अहिले पार्टी एकता गर्दै नयाँ ठाउँमा आइपुगिएको उनले बताए । देशको लागि सामान्य मान्छेले भन्दा फरक गर्ने महत्वकांक्षाले आफुलाई यहाँसम्म ल्याइपुर्‍याएको उनले प्रष्ट्याए ।

‘अहिले उमेरको उत्तरार्धमा आइपुगेको छु । तर अझै केही गर्ने महत्वकांक्षा छ’, उनले भने, ‘१० वर्ष भित्र अर्को इतिहास कायम राख्ने इच्छा छ ।’ काममा कहिले काँही अस्थीरता देखिए पनि महत्वकांक्षमा स्थीरता रहेको उनको भनाई छ । आफ्नो अस्थीरता र गतिशिलताको मूल्याङकन गर्ने जिम्म इतिहास र जनताको भएको उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्कुल पढ्ने समयमा आफ्नो पाइलट र इन्जीनियर बन्ने इच्छा भए पनि एसएलसी पछि पाइलट बन्ने इच्छाका साथ विज्ञान पढेको समेत उनले खुलाए । ‘आइएस्सी पछि फेरी उदेश्य फेरियो, आर्मी बन्ने इच्छा आयो’, उनले भने, ‘त्यसको तयारीको लागि तामिम पनि गरियो तर राजनीतिमा मन गयो कृषी पढियो ।’ स्कुल जीवन देखिनै आफुलाई समयले विल्कुल फरक ठाउँमा लगेको उनको भनाई छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com