अशोक दर्जी जतिकै भाइरल बन्दै अर्को पूर्वेली बाल प्रतिभा, मनिष लिम्बु ( भिडियो सहित )


प्रकाशित मिति : भाद्र ३, २०७५ आईतबार

पछिल्लो समय ९ वर्षीय वालक मनिष लिम्बुको मिडियामा निकै चर्चा भईरहेको छ । पाँचथर घर भएका मनिष लिम्बु सुमधुर आवाज र कुशल अभिनय गर्ने क्षमताका कारण मिडियामा दिनप्रतिदिन भाईरल भईरहेका छन् । केही दिन अगाडी मात्र काठ्माडौं आएका यि वालकको कलाको प्रसंसा गर्दै विभिन्न मिडियाले अन्तरवार्ता लिईरहेका छन् । राजेशपायल राई, दिपक लिम्वु, प्रमोद खरेल, प्रेम परियार र केहि समय अघि मिडियामा भाईरल भएका वाल गायक अशोक दर्जी लगायत बिभिन्न गायकहरुका गीतहरु सुमधुर आवाजमा सजिलै गाउन सक्छन् ।

हाँस्य कलाकार विल्सन बिक्रम राई तोक्मे बुढा को राम्रो क्यारीकेचर गर्ने यि वालक महानायक राजेश हमालको समेत डाईलग वोल्छन् । सानै उमेरमा निर्धक्क सँग मिडियामा बोल्न सक्ने खुवि भएका कारण पनि यि वालकलाई मिडियाले सहज रुपमा अन्तरवार्ता लिन सक्छन् । विशेष गरी सुमधर आवाज र राम्रो अभिनय गर्ने क्षमता भएका कारण कलाकारिता क्षेत्रमा सम्भावना देखेर उनलाई गायक तथा संगीतकार सुहाङ लिम्बु र जिवन लिम्वुले काठ्माडौं ल्याएका हुन् ।

सामान्य किसान परिवारमा जन्मिएका यी वालक पाँचथरकै एक स्कुलमा अध्यन गरिरहेका थिए ।े अव भने उनलाई काठ्माडौमै पढाउने उनका अबिभावकका रुपमा रहेका सुहाङ लिम्बुले जानकारी दिनु भयो । मनिषको आवाजमा केही दिनमै गीत रेर्कड हुने पनि उनले जानकारी दिएका छन् ।

भिडियो 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com