६५ वर्षीय वृद्धले ४ वर्षीय बालिकालाइ चकलेट दिएर बलात्कार


प्रकाशित मिति : भाद्र ३, २०७५ आईतबार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पश्चिम नवलपरासीबाट एक ६५ वर्षीय वृद्ध पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेलाटारीले बलात्कार आरोपमा प्रतापपुर गाउँपालिका-९ का ६५ वर्षीय दरोगा थारुलाई पक्राउ गरेको हो।

थारुले बालिकालाई मिठाई खान दिएर आफ्नै घरभित्र बलात्कार गरेको आरोप लागेको प्रहरी निरीक्षक केदार बस्नेतले जानकारी दिए।

१७ वर्षअघि श्रीमतीको मृत्यु भएपछि थारु छोरीको घरमा बस्दै आएका छन्। थारुलाई जर्बजस्ती करणी उद्योगमा मुद्दा चलाउन लागिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com