नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर
प्रकाशित मिति : भाद्र १, २०७५ शुक्रबार

नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर बनेको छ । गत मंगलबारको रेकर्ड तोड्दै विहीबार नेपाली रुपैयाँले नयाँ रेकर्ड बनाएको छ ।
बिहीबार बैंकहरुले एक डलर ११२ रुपैयाँ ८० पैसासम्म कारोबार गरेका छन् । बिहीबारका लागि राष्ट्र बैंकले एक डलरको भाउ ११२ रुपैयाँ १४ पैसा तोकेको थियो । भारतीय मुद्रा कमजोर भएपछि नेपाली रुपैयाँको भाउ थप सस्तो भएको हो ।