विश्वविद्यालयले दियो हाँसलाई जागिर


प्रकाशित मिति : श्रावण ३०, २०७५ बुधबार

चीनको एउटा सम्मानित विश्वविद्यालयले एउटा पानीहाँसलाई जागिर दिएको छ।

वु नाम गरेकी एउटी महिलाले सामाजिक सञ्जाल सिना वेइबोमा घर सरेपछि आफूसँग भएको गुगु नाम गरेको हाँसलाई स्याहार गर्न नसक्ने भन्ने बेहोरोको सन्देश लेखेकी थिइन्।

उनले शाङ्घाई म्यारिटाइम युनिभर्सिटीलाई सहयोग गर्न आग्रह पनि गरेकी थिइन्।

सो विश्वविद्यालयले तत्कालै गुगुलाई भर्ती गर्ने भनेर आफ्नो आधिकारिक वेइबो खातामा उत्तर दियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वुका अनुसार उनले सो पानीहाँसलाई एकचोटि माछा मार्न जाँदा भेटेकी थिइन्।

उनले भनिन्, “मैले भेट्दा ऊ पहिला पूरै पहेँलो थियो तर अहिले सुन्दर भएको छ। ऊ मसँग डेढ वर्ष जति बस्यो। तर म नयाँ ठाउँमा सर्दैछु।”

आफूलाई पानीहाँस ‘पकाउन मन नलागेको’ भन्दै उनले हाँसहरूको बथान पाल्दै आएको सो विश्वविद्यालयलाई गुहारेकी थिइन्।

वुले लेखेको सन्देश सामाजिक सञ्जालमा धेरै चर्चित भएको थियो।

एक प्रयोगकर्ताले लेखेका छन् – कस्तो मन छुने कुरो। गुगुले स्थायी बास पाओस् भन्ने कामना गर्छु।

अर्का एक जनाले सबै पशुपक्षीले सुखपूर्वक जीवनयापन गर्न पाउनुपर्छ भन्दै लेखेका छन् – म यो हाँसका लागि पनि त्यस्तै होओस् भन्ने चाहन्छु।

तर केही वेइबो प्रयोगकर्ताहरूले भने ती महिला अनुत्तरदायी भएको भन्दै उनको आलोचना गरेका छन्।

“गुगुलाई माया गर्ने उनले किन उसलाई आफूसँगै लैजान छोडेर त्याग्न खोजिन्?” अर्का एक जनाले लेखेका छन्।

गुगु अब संरक्षित वन्यजन्तु क्षेत्रमा भएको एउटा तलाउनजिकै रहेको सो विश्वविद्यालय परिसरमा बस्नेछ।

“गुगु स्वस्थ र बलियो हुन्छ भन्ने हाम्रो आशा छ,” विश्वविद्यालयले भनेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com