संबिधानमा स्पष्ट अधिकारको माग सहित सरकारका नाममा ज्ञापन पत्र


प्रकाशित मिति : श्रावण ३०, २०७५ बुधबार

संबिधानमा स्पष्ट व्याख्या सहितको गैरआवासिय नेपाली नागिरकता पाउनुपर्ने माग राखेर अमेरिकामा रहेका बिभिन्न संघ संस्थाले सरकारका नाममा दुतावास मार्फत ज्ञापन पत्र बुझाएका छन् ।

गैरआवासिय नेपाली संघ राष्ट्यि समन्व्य परिषद अमेरिकाको अगुवाईमा बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको हस्ताक्षर सहित आज नेपाली महावाणिज्य दुतावास मार्फत नेपाल सरकारलाई गैरआवासिय नेपाली नागरिकता सम्वन्धी ज्ञापन पत्र बुझाइएको छ ।

अमेरिकामा कुनै पनि नेपाली नागिरकले अमेरिकन नागरिकता त्याग्नु नपर्ने हुनाले अमेरिकामा बस्ने गैरआवासिय नेपालीहरुले नेपाली नागिरकता त्यागेको प्रमाण कसरी ल्याउने, तसर्थ गैरआवासिय नेपाली नागिरकता सम्वन्धीको प्रस्तावित ऐनको दफा ७ को उपदफा ख सम्वन्धीत व्यक्तिले साविकको नेपालको नागिरकता लिई परित्याग गरेकोमा त्यससको प्रमाणलाई हटाउन जरुरी रहेको भन्ने माग मुख्य रुपमा राखिएको छ ।

बिदेशमा रहेका नेपालीहरुलाई नेपालको नागिरकता दिने बारेमा नेपालको संबिधानले ब्याख्या गरे अनुसार प्रस्तावित बिधेयकले राजनैतिक अधिकार बाहेक अन्य सामाजिक र साँस्कृति अधिकार उपयोग गर्न पाउने गरि गैरआवासिय नेपाली नागरिकता पाउन सक्ने भनेको छ, संबिधानमा राजनैतिक अधिकार बाहेक भन्ने शब्द थिएन, यसले संबिधानको भावनालाई संकुचित गर्न खोजेको छ । फेरी राजनैतिक अधिकार भन्नाले के के अधिकार हो र अन्य सामाजिक र साँस्कृति अधिकार भित्र के के पर्दछ ब्याख्या प्रस्तावित ऐनले गर्न सकेको छैन्, भन्ने यो पहिलो बुँदा सहित १२ बुँदे ज्ञापन पत्र बुझाइएको छ ।

प्रस्तावित बिधेयकमा संबिधानमा उल्लेख भएको भन्दा भिन्न प्रकारले व्याख्या भएको र गैरआवासिय नेपाली सम्वन्धी थुपै बिषयहरु समावेश नभएकाले सम्बोधन गरिनुपर्ने बुँदाहरु उल्लेख गरि ज्ञापन पत्र बुझाइएको जनसम्पर्क समिति अन्तराष्ट्यि समिति विश्व सञ्जालका अध्यक्ष बिष्णु सुवेदीले जानकारी दिएका छन् ।

ज्ञापन पत्र गैरआवासिय नेपाली संघ राष्ट्यि समन्वय परिषद अमेरिकाका महासचिव बिआर लामाले पढेर सुनाएका थिए । कार्यक्रममा गैरआवासिय नेपाली संघ अमेरिकाज क्षेत्रका संयोजक नविन शेरचन, नेपाली जनसम्पर्क समिति अन्तराष्ट्यि समन्व्य समिति विश्व सञ्जालका सभापति बिष्णु सुवेदी, प्रवासी नेपाली मञ्चको तर्फबाट सिता खरेल, नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य पिताम्बर भुषाल, नेपाली कांग्रेस महासमिति सदस्य बेद खरेल, डमोक्र्याटिक युथ काउन्सिलका सभापति प्रमोद सिटौला, सामाजिक अभियान्ता मिंमार शेर्पा, एनआरएन न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरी अधिकारी, नेपाल बिद्यार्थी संघ अमेरिका शाखाका अध्यक्ष प्रभात सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

प्रस्तावित ऐनमा सम्बोधन गर्नुपर्ने बुंदाहरु तपसिल बमोजिम रहेका छन् ।

१. प्रस्तावित विधेयकले राजनैतिक अधिकार बाहेक आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता पाउन सक्ने छ भनेको छ ।संविधानमा राजनैतिक अधिकार बाहेक भन्ने शब्द थिएन । यसले संविधानको भावनालाई संकुचित गर्न खोजेको छ । फेरी “राजनैतिकअधिकार” भन्नाले के के अधिकार के के हो र “आर्थिक सामाजिकर साँस्कृतिक अधिकार” भित्र के के पर्दछ व्याख्या प्रस्तावित ऐनले गर्न सकेको छैन ।

२. नेपाली नागरिकता ऐनले नै विदेशी नागरिकता प्राप्त गरेमा नेपालको नागरिकता नरहने प्रावधान राखिसकेकोले र विगतमा संविधान मै विदेशी मुलुकको नागरिकता लिएमा नेपालको नागरिकता खारेज हुने प्रावधान भएकोले नागरिकता त्यागेको प्रमाण पेश गर्नुपर्न ेप्रावधान राखि रहनु नपर्ने देखिन्छ । यसले एक तर्फ ऐनको प्रावधानअनुसार गैरआवासीय नेपाली नागरिकता लिन चाहाने गैरआवासीयनेपालीले आफूले “नेपाली नागरिकता त्यागेको” भन्ने हिनताबोध गर्नुपर्दैन र नेपाल सकारले पनि साविकमा नेपाली नागरिकता प्राप्तगरेका र पछि विदेशी नागरिकता लिनेहरुको तथ्यांक ९विवरण० पाउन सक्तछ । बिघ्येकमा राखिएको प्रावघानले हामीले पाउने नागरिकता सरल , सहज र अघिकारका रूपमा पाउन नसकिने अवस्था देखिएको छ ।
गैर आवासीय नेपालीहरूले पाउने गैरआवासीय नेपाली नागरिकता पाउन निजले नागरिकता त्यागेको प्रमाण पेश गर्नु पर्ने प्रावधानले पुनस् नेपाली नागरिकता पाउन बाट बन्चित हुने अवस्था सृजना भएको हो ।
अमेरिकामा कूनै पनि नेपाली नागरिकले अमेरिकन नागरिकता पाउदा नेपाली नागरिकता त्याग गर्न नपर्ने हुनाले अमेरिकामा बस्ने , गैर आवासीय नेपालीहरूले नेपाली नागरिकता त्यागेको प्रमाण कसरील्याउने रु तसर्थ, गैर आवासीय नेपाली नागरिकता सम्बन्धिको प्रस्तावित ऐनको दफा “७ क” को उपदफा “ख” “सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिई परित्याग गरेकोमा त्यसको प्रमाण“ लाई हटाउन जरुरि छ ।

३. गैरआवासीय नेपाली नागरिकतालाई नेपालको नागरिकताको एकप्रकार मानी यस्तो नागरिकताको प्रमाणपत्र भएकाहरुले नेपाल आउँदा वा नेपालबाट विदेश जाँदा कुनै भिसा लिईरहनु नपर्ने प्रष्ट व्यवस्था हुनु पर्दछ । साथै उनीहरुलाई नेपालको कुनै पनि ठाउंमाबसोबास गर्न, आवत जावत गर्न, नेपालको कानुनको अधिनमा रहि पेशा व्यवसाय गर्न, सम्पत्ति र आय आर्जन गर्न, त्यसको व्यवस्थापनगर्ने अधिकार प्रष्ट रुपमा उल्लेख हुनु जरुरी छ ।

४. यस्तो नागरिकता पाउन गृह मन्त्रालयमा निवेदन दिने भनिएको छ । गृह मन्त्रालयमा पहुंच पनि अप्ठेरो हुने र मन्त्रालयबाट कार्यान्वयनभन्दा पनि नीति निर्माण गर्ने निकाय भएकोले यस्तो नागरिकता विदेशस्थित नेपाली नियोग र सम्बन्धित जिल्ला कार्यालयबाट नै प्राप्त हुनेव्यवस्था गरिएमा सहज हुने थियो ।

५. प्रस्तावित ऐनले गैरआवासीय नेपाली नागरिकका विदेशी पतिपत्निको बारेमा केहि बोलेको छैन । अहिले नै “गैरआवासीय नेपालीपरिचय पत्र”भएका व्यक्तिको विदेशी पति पत्निलाई नेपालीआवासीय भिसा लिन धेरै कठिनाई रहेको छ । यस समस्याको समाधान नाता प्रमाण भएमा विशेष पहिचान पत्र दिने र त्यसैकाआधारमा आवासीय भिसा दिने व्यवस्था मिलाउन सकिन्छ । तर त्योकानुनमा प्रष्ट पारिनु पर्दछ । भारतमा नै पनि इखभचकभबक ऋष्तष्शभल या क्ष्लमष्ब“ को प्रमाण पाएका व्यक्तिको पति पत्नि विदेशी भए नीजलाई ल्च्क्ष् ऋबचम दिने र त्यो नै भारत आउन जान भारतमा लामो अवधिसम्म बसोबास गर्नका लागि यथेष्ठ हुने व्यवस्था गरिएको छ । नेपालमा पनि त्यस्तै प्रकारको व्यवस्था गर्न सकिन्छ ।

६. गैरआवासीय नेपाली नागरिकता प्रमाण पत्र अन्य नेपालीनागरिकले पाउने प्रमाण पत्र जस्तो नै हुनु पर्दछ । खाली नागरिकताको प्रकारमा बंशज, अंगिकृत भए जस्तै गैरआवासीयनेपाली भन्ने उल्लेख गरिदिए पुग्छ ।

७. ऐनले नेपालको राहदानीको बारेमा कुनै कुरा गरेको छैन् ।गैरआवासीय नेपाली नागरिकले चाहेमा अरु नेपाली नागरिक सरह नेपाली राहदानी पाउने व्यवस्था गर्न सकिन्छ र गरिनु पर्दछ ।

८. गैरआवासीय नेपाली नागरिकले पाउने अधिकार ऐनबाटनै प्रष्ट पारिनुपर्दछ । संविधानको मनसाय निर्वाचनमा भागलिने, उम्मेदवारबन्ने वा खास खास पदमा नियुक्ति हुने अधिकार दिन नखोजिएकोजस्तो देखिन्छ । तसर्थ कानुनमा गैरआवासीय नेपाली नागरिकले यि बाहेक अन्य सबै अधिकार अन्य नेपाली नागरिक सरह उपभोग गर्नपाउने छन् भनी उल्लेख गरिनु जरुरी छ ।

९. कुनै व्यक्तिले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरिसकेकोरहेछ भने तिनका छोराछोरीले बाबु वा आमाको गैरआवासीय नेपालीनागरिकता कै आधारमा गैरआवासीय नेपाली नागरिकता पाउनेव्यवस्था कानुनले गर्नु पर्दछ ।

१०. गैरआवासीय नेपाली नागरिकतालाई कसरी र के आधारमा अर्कोप्रकारको नेपाली नागरिकतामा परिणत गर्न सकिन्छ त्यो व्यवस्था पनि ऐनले गर्नु पर्दछ । उदाहरण त कुनै व्यक्तिले पहिले विदेशी मुलुकको नागरिकता लिएकोमा पछि नेपाल नै फर्केर नेपालमा नै स्थायी बसोबास गर्ने निष्कर्षमा पुगेमा नीजलार्इ साबिकमा पाएको नेपाली नागरिकता पुनस् दिने प्रष्ट व्यवस्था ऐनलेगर्नु पर्दछ ।

११. विदेशमा रहेका नेपाली चेलीहरुका छोराछोरीलाई पनि आमाको नाममा नागरिकता दिने प्रष्ट व्यवस्था नागरिकता ऐनले गर्नु पर्दछ ।हालको मस्यौदामा नेपालमा बस्ने नेपाली महिला नागरिकलाई मात्र समेट्न खोजिएको भान हुन्छ । यो व्यवस्था विदेशमा रहेका नेपाली महिला नागरिकको हकमा पनि लागु हुनु पर्दछ ।
१२ नेपालको संविधानले “निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै बंशज वा जन्मको आधारमा नेपाली नागरिक रही बिदेशी नागरिकता प्राप्त गरेको व्यक्तिलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने“ भनि स्पष्ट ब्यवस्था हुँदा हुँदै, प्रस्तावित ऐनले दोश्रो पुस्ता ९जसको जन्म बिदेशमा भएको छ र कहिल्यै नेपाली नागरिकता लिएको छैन० र त्यस पछिको पुस्ताको बिषयमा सम्बोधन गर्न सकेको छैन तसर्थ सो सम्बन्धि व्यवस्था समेत ऐनमा हुन जरुरि छ ।

अतस् हामी देहायका संघ संस्थाहरु यो ज्ञापन पत्र नेपाल सरकार र नेपाल सरकारको सम्बन्धित निकाय समक्ष नेपाली महाबाणिज्य दूताबास, न्यूयोर्क मार्फत पेश गर्दछौ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com