सीमाङ्कनको गोलचक्कर: प्रचण्ड पुरानै ठाउँमा आइपुग्दा एमाले पछि हट्यो


प्रकाशित मिति : मंसिर ८, २०७३ बुधबार

गत वर्ष संविधान जारी हुनुभन्दा केही समय अघिसम्म पनि सीमाङ्कनका विषयमा दलहरुबीच विवाद कायम थियो । त्यतिबेला सत्तारुढ काँग्रेस-एमालेले ७ प्रदेशको साझा प्रस्ताव ल्याए । जसमा पश्चिमका कञ्चनपुर र कैलालीलाई छाड्दै नवलपरासीसम्मका जिल्लालाई समेटेर एउटा प्रदेश र पूर्वमा झापा, मोरङ र सुनसरीलाई छाड्दै सप्तरीदेखि पर्सासम्मका जिल्लालाई समेटेर अर्को प्रदेश बनाउने प्रस्ताव गरिएको थियो ।

जुन प्रस्तावमा त्यतिबेला माओवादी, मधेसीसहितका दलहरुले सहमति जनाएनन् । पछि काँग्रेस-एमालेकै प्रस्तावमा प्रदेश नम्बर ४ र ६ मा राखिएका केही पहाडी जिल्लालाई ५ नम्बर प्रदेशमा राख्ने गरी प्रमुख तीन दलबीच सहमति जुट्यो । जुन सहमतिले संविधान जारी गर्ने वातावरण बनायो, तर मधेसी दलहरु त्यसको विरोध गर्दै आन्दोलनमा होमिए ।

संविधानमा उल्लेख गरिएको ७ प्रदेशको सीमाङ्कन

मधेसी दलको असन्तुष्टि ५ नम्बर प्रदेशमा मात्र नभएर पूर्वका झापा, मोरङ, सुनसरी तथा पश्चिमका कैलाली, कञ्चनपुरका विषयमा पनि छ । यति हुँदैहुँदै पनि अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यमार्गी प्रस्तावका रुपमा त्यतिबेला काँग्रेस-एमालेले ल्याएकै प्रस्तावअनुसार जाऔं भनेका छन् । यसमा काँग्रेस सहमत छ, मधेसी दलहरु मौन छन्, तर एमालेले भने यसलाई मान्दैनौँ भनिसक्यो । पहिले काँग्रेस-एमालेले पहिले चाहेकै प्रस्तावमा सहमत हुन आइपुग्दा एमाले किन पछि हटेको ? यस्तै प्रश्न राख्दा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेल ‘विवाद नै नभएको प्रदेशलाई किन चलाउने ? भन्दै प्रतिप्रश्न गर्छन् ।’

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

‘तपाईंहरुले पहिले चाहेकै कुरा हो । अहि आफूले पहिला चाहेकै त्यति कुरा मानिदिँदा मधेसी दलहरु पनि सहमतिमा आउँछन् भने के बिग्रियो त ?’ यस्तो जिज्ञासामा उनले अब पाँच नम्बर प्रदेशलाई चलाउन नमिल्ने दोहोर्‍याए । ‘संविधानमा एक किसिमको खाका राखेर जनतामा गइसकिएको छ । जनताले पनि त्यहीअनुसार स्वीकारेका छन् । अहिले फेरि किन चलाउनुपर्‍यो ?’ पोखरेल भन्छन्, ‘विवाद जहाँ छ त्यहाँ पो चलाउने हो, विवाद नै नभएको ठाउँमा चलाएर के गर्न खोज्या ?’

अझ उनी त संविधान संशोधन नै जनताको एजेण्डा होइन भन्छन् । त्यत्रो समय मधेसमा आन्दोलन चलेको होइन र भन्दा उनले भने, ‘आन्दोलन चलेको त २ नम्बर प्रदेशतिर हो । अहिले ५ नम्बर प्रदेश किन चलाउनु पर्‍यो ?’ उनको अभिव्यक्तिले एमाले तत्काल संविधान संशोधन गर्ने पक्षमै छैन भन्ने बुझ्न कठिन हुँदैन ।

यतिले मात्र हाम्रो माग सम्बोधन हुँदैन- कर्ण

५ नम्बर प्रदेशका पहाडी जिल्लालाई ४ र ६ मा मिसाउने र तराईका जिल्लालाई मात्र ५ नम्बर प्रदेशमा राख्ने प्रस्तावबारे सद्भावना सह-अध्यक्ष लक्ष्मणलाल कर्णलाई जिज्ञासा राख्दा उनले सरकाले आफूहरुसँग यस्तो प्रस्ताव नराखेको बताए ।

‘हामीसँग सरकारले यस्तो प्रस्ताव आधिकारिकरुपमा राखेको छैन,’ साझापोस्टसँग कर्णले भने, ‘सरकारले प्रस्ताव राखेपछि नै हामी धारणा सार्वजनिक गर्छौँ ।’ पहाडी जिल्लालाई समेत ५ नम्बर प्रदेशमा मिसाएर पहिले नै त्रुटी गरेको भन्दै उनले अहिले त्यतिलाई मात्र हटाउँदैमा आफूहरुको माग सम्बोधन नहुने उनले बताए ।

प्रस्ताव दर्ता हुने, पारित त खै !

यसैबीच सत्तारुढ दलहरु र मधेसी मोर्चासहितको संघीय गठबन्धनबीच बुधबार भएको छलफलमा संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने विषयमा समझदारी बनेको छ । प्रस्ताव ल्याउने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ ।

प्रचण्डले बैठकमा एमालेसहितका दलहरुसँग संविधान संशोधन प्रस्ताव दर्ता भइसकेपछि पनि छलफल जारी राख्ने बताएका थिए । यद्यपी एमालेको पछिल्लो अडान हेर्दा संविधान संशोधन त्यति सहज देखिँदैन । किनकी एमालेको सहमति विना संसदमा दुई तिहाइ पुर्‍याउन निकै कठिन छ । सबै परिस्थिति हेर्दा संविधान संशोधन र विशेषगरी यही सीमाङ्कन विवादको गोलचक्करले मुलुकको राजनीति केही समय राम्रैसँग तताउने निश्चित छ । साझापोष्ट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com