भिसा स्क्रीन अद्यावधिक राख्नुस् नत्र अमेरिकाबाट देशनिकालासम्म हुनसक्छ


प्रकाशित मिति : श्रावण २८, २०७५ सोमबार

भिसा स्क्रीन आवश्यक हुने कामदारहरुले अमेरिकामा भिसा स्क्रीन अध्यावधिक नराखे देशनिकालासम्म हुने भएको छ । खासगरी डाक्टरहरुबाहेक अमेरिकाको स्वास्थ्य क्षेत्रमा काम गर्ने विदेशी कामदारहरुका लागि भिसा स्क्रीन अनिवार्य हुन्छ ।

अमेरिकामा नर्स (आरएन, भोकेसनल नर्स, एलपीएन), फिजिकल थेरापिस्ट, अकुपेशनल थेरापिस्ट, ल्याब टेक्निसयिन लगायतका काम गर्ने विदेशी नागरिकहरुका लागि हेल्थकेयर वर्कर सर्टिफिकेटको आवश्यकता हुन्छ । जसलाई भिसा स्क्रीन भन्ने गरिन्छ । अमेरिकामा आउने बेलामा, भिसा थप्ने बेलामा, अर्कै भिसामा जानुपरेमा वा ग्रिनकार्ड फाइल गर्दा युएससीआईएसमा अद्यावधिक भिसा स्क्रीन बुझाउनुपर्ने हुन्छ ।

तपाईलाई अमेरिकामा कानुन व्यवसायी वा पारालिगलसँग सम्पर्क गर्नुपर्ने छ ? क्लिक गर्नुहोस् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामान्यता पहिले अमेरिकामा आउने बेलामा, भिसा थप्ने बेलामा, अर्कै भिसामा जानुपरेमा वा ग्रिनकार्ड फाइल गदा अद्यावधिक भिसा स्क्रीन नबुझाएमा आरएफई अर्थात् थप कागजातको अनुरोधपत्र पठाएर भिसा स्क्रीन बुझाउने मौका दिइन्थ्यो । तर नयाँ नीति अनुशार प्राथमिक कागजात नै नपुगेको भन्दै आवेदन सिधा अस्वीकार गर्न सकिने भएको छ । पहिले भिसा स्क्रीन विना नै एचवानबी फाइल गर्दा थप कागजात पेश गर्ने मौका दिइन्थ्यो । अब नयाँ नीति अनुशार नदिइनसक्छ ।

यसरी अस्वीकार हुने बेलामा यदि आवेदकको आई ९४ को अवधि सकिएको छ भने उसलाई देशनिकालाका लागि नोटिस टु अपियर जारी गरिनेछ । त्यसपछि उनीहरुले देशनिकाला समेत हुनुपर्ने अवस्था आउनसक्छ ।

भिसा स्क्रीनबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोला ।

तपाईलाई अमेरिकामा कानुन व्यवसायी वा पारालिगलसँग सम्पर्क गर्नुपर्ने छ ? क्लिक गर्नुहोस् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com