नोटमा केरमेट गरे जेल


प्रकाशित मिति : श्रावण २४, २०७५ बिहीबार

काठमाडौं – नोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुहस् । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै पक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ ।

फौजदारी कसुरसम्बन्धी प्रचलित कानुन संशोधन गरी हालै पारित मुलुकी अपराध (संहिता) ऐन २०७४ मा यस्तो व्यवस्था गरिएको हो । आजको कान्तिपुरले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

ऐनको दफा २६३ मा भनिएको छ, बैंक नोटमा लेख्न वा कोर्न हुँदैन । त्यसो गरेको भेटिए कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ । यो ऐन भदौ १ गते देखि लागू हुँदै छ

नोट फोहोर वा केरमेट गरेकै कारणले कैद वा जरिवाना हुने भएको यो पहिलो पटक हो । यसअघि जाली नोटमा कसुरमा मात्र जेल चलान हुने व्यवस्था थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com