शंकास्पद भनिएको ‘इन्काउन्टर’को छानबिन गर्न मानव अधिकार आयोगद्वारा टोली गठन


प्रकाशित मिति : श्रावण २४, २०७५ बिहीबार

काठमाडौं,२३ साउन । सोमबार दुई अपहरणकारी प्रहरी गोलीबाट मारिएको घटनाको छानबिन गर्न राष्ट्रिय मानव अधिकार आयोगले टोली गरेको छ। ‘इन्काउन्टर’मा मारिएका २ युवकका आफन्तले आयोगमा उजुरी दिएपछि आयोगले छानबिन टोली गठन गरेको हाे।

आयोगका निर्देशक यज्ञ अधिकारीको संयोजकत्वमा टोली गठन भएको हो। समितिमा अन्य चार सदस्य छन्। समितिले बुधबारदेखि नै छानबिन थालिसकेको आयोगका सदस्य सुदिप पाठकले बताए।

‘इन्काउन्टर घटना शंकास्पद देखिएको छ,’ सदस्य पाठकले भने,‘मुठभेडमा मारिएका व्यक्तिका आफन्तले उजुरी पनि दिएका छन्, आजैदेखि छानबिन सुरु गरिसकेका छौं।’

११ बर्षिय बालक निशान खड्काको अपहरण गरी हत्या गर्ने दुई जना जवाफी फायरीङका क्रममा सूर्यबिनायकको जंगलमा मारिएका थिए। नुवाकोटका गोपाल तामाङ र सिन्धुपाल्चोकका अजय तामाङको मृत्यु भएको थियो। मृतकका आफन्तहरुले पक्राउ गरेर उनीहरुलाई गोली हानीएको दाबी गरेका छन्। उनीहरु बस्ने घरमा व्यक्तिहरुले समेत पक्राउ गरेर लगिएको बताएपछि घटना शंकास्पद बनेको हो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com