दाइजो नल्याएको भन्दै रुपन्देहीमा प्रहरीले नै श्रीमतीलाई कुटे


प्रकाशित मिति : श्रावण २४, २०७५ बिहीबार

भवानीप्रसाद पाण्डे
रुपन्देही – दाइजो नल्याएको भन्दै रुपन्देहीमा प्रहरीले नै श्रीमतीलाई कुटपिट गरेका छन् ।

इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार तनहुँमा दरबन्दी भएका रुपन्देही कोटहिमाइ गाउँपालिका–१ सिपवाका लोकेन्द्र नाउले दाइजो नल्याएको निहुँमा २१ वर्षीय श्रीमती प्रियङका नाउलाई निर्घात कुटपिट गरेका हुन् ।

प्रियङ्काका बुवाले छोरीको विवाह गर्दा एक लाख नगद, एउटा मोटरसाइकल दाइजो दिए पनि पर्याप्त दाइजो नल्याएको भन्दै प्रहरी जवान नाउले श्रीमतीलाई कुटपिट गरि घाइते बनाएका हुन् ।

इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी सहायक निरीक्षक सन्तोष बुढाथोकीका अनुसार श्रीमती कुटपिट र यातनाको उजुरी कार्यालयमा आएको छ । यसबारे थप अनुसन्धान गर्ने र दोषीलाई कारवाही गर्ने उहाँले जानकारी दिनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com