‘म अनुहारले नेपाली जस्तो नदेखिएपनि भित्रबाट नेपाली हुँ’


प्रकाशित मिति : श्रावण १७, २०७३ सोमबार

 

नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट ए डेलिसीले आफू अनुहारले नेपालीजस्तो नदेखिएपनि भित्रबाट भने नेपाली नै रहेको बताएका छन् । डेलिसी सन् २०१० देखि सन् २०१२ मा नेपालका लागि अमेरिकी राजदूत थिए ।

शुक्रबार न्युयोर्कका नेपालीहरुबीच बोल्दै उनले भने – ‘म अनुहारले नेपाली जस्तो नदेखिन सक्छु तर म भित्रबाट नेपाली हुँ । म नेपाल र नेपालीलाई माया गर्छु । म नेपालको लागि काम गर्न चाहन्छु ।’ डेलिसीले नेपाल र नेपालीप्रति माया र सद्भाव प्रकट गरिरहँदा कार्यक्रममा उपस्थीत नेपालीहरुले ताली ठोकेका थिए ।

सोरवे फाण्डेशन स्थापना गरेर सामाजिक कार्यमा सकृय डेलिसी न्युयोर्कमा आगामी अगस्तमा हुने कार्यक्रमबारे जानकारी दिन न्युयोर्कमा आएका हुन् । डेलिसीसँगको पत्रकार भेटघाट र सामुदायीक अन्तरकृया न्युयोर्कको ज्याक्सनहाइटमा रहेको हिमालयन याकमा गरिएको थियो, जसका लागि एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका संयोजक सोनाम लामाले सहयोग गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डेलिसीको सोरवे फाउण्डेशन नेपालमा कृयाशिल रहेको छ । बलिया विद्यालय र घरहरु निर्माण भन्दा बिपत्तिका लागि तयारी महत्वपूर्ण विषय रहेको स्वीकार्दै फाउण्डेशनले नेपालमा त्यस क्षेत्रमा काम गर्दै आएको छ । फाउण्डेशनले भूकम्पबाट टुहुरा भएका बालबालिकाहरुलाई सहयोग गरिरहेको छ भने भूकम्पपीडितका आवास, विद्यालय निर्माण, स्वास्थ्य सहयोग, महिला तथा बालबालिकालाई तस्करीमा पर्नबाट संरक्षण लगायतका क्षेत्रमा काम गरिरहेको छ ।

डेलिसीको सामाजिक कार्यलाई सघाउनका लागि न्युयोर्कमा सुरसुधाको कन्सर्ट हुन लागेको हो । कार्यक्रमबाट संकलित रकम नेपालको पुरातात्विक संरचनाको पुननिर्माण र नेपालमा भ्रमण गर्न लागेका अमेरिकन घाइते हिरोहरुको सहयोगमा जाने बताइएको छ । कार्यक्रम न्युयोर्कको अलावा शिकागो, डलास, पिट्सबर्ग, स्प्रींगफिल्ड, वासिंटन डिसी, बाल्टिमोर लगायतका क्षेत्रमा पनि हुनेछ ।

घाइते हिरोहरुले आगामी सेप्टेम्बरमा विश्व पर्यटन दिवशको अवशर पारेर नेपालको भ्रमण गर्ने र जीवनकै एकपटक प्राप्त हुने भ्रमण अनुभव हासिल गर्ने जनाइएको छ । अफगानिस्तानमा दुबै खुट्टा गुमाएका स्टेफान, सेप्टेम्बर ११ को हमलामा पेन्टागनमा साथीहरुको उद्दार गरिरहदा खुट्टा गुमाएकी सारा, बोष्टन म्याराथन बम हमलामा खुट्टा गुमाएकी एड्रियाना हस्लेट लगायत १० जना अमेरिकी भेट्रान र घाइतेहरु नेपालमा जाने भएका छन् । यसले नेपालमा रहेका ५ लाख अपांगता भएकाहरुलाई प्रेरणा मिल्ने विश्वास लिइएको छ ।

अमित शाहले संचालन गरेको अन्तरकृया कार्यक्रममा सुमन तिम्सिनाले आगामी सुरसुधा कार्यक्रमबारे थप जानकारी दिएका थिए । कार्यक्रममा गिरिजा गौतमले उपस्थीतहरुलाई टिकट बिक्रीको जिम्मा लिन अनुरोध गरेपछि उपस्थीत नेपालीहरुले ठूलो संख्यामा सुरसुधा कन्सर्टको टिकटको जिम्मा लिएका थिए ।

कार्यक्रमका थप तस्विरहरु यहाँ हेर्नुहोला । 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com