बसाइँ सरेर आउने नागरिकलाई एक लाख रुपैयाँ दिने र पाँच लाख रुपैयाँ अनुदान दिने


प्रकाशित मिति : श्रावण २१, २०७५ सोमबार

तेह्रथुम । छथर गाउँपालिकाले बसाइँ सरेर आउने नागरिकलाई एक लाख रुपैयाँ दिने नीति लिएको छ।

त्यति मात्र नभई गाउँपालिकाले उनीहरूलाई व्यावसायिक काम गरेमा पाँच लाख रुपैयाँ अनुदान दिने घोषणा समेत गरेको छ।

नेपालमा पहिलोपटक यो गाउँपालिकामा बसाइँ सराइ गरी आउने नागरिकलाई व्यावसायिक अनुदान दिने कार्यक्रम तयार भएको अधिकारीहरूले जनाएका छन्।

आगामी पाँच वर्षभित्रमा गाउँपालिकाको जनसंख्या २५ हजारभन्दा माथि पुर्याउने लक्ष्यका साथ यस्तो कार्यक्रम ल्याइएको बताइएको काराेबार दैनिकमा खबर छ।

गाउँपालिका बाहिरबाट बसाइँ सरी आउने नागरिकले व्यावसायिक योजनाको आधारमा गाउँपालिकाले एक लाख इनाम र पाँच लाख व्यवासायिक अनुदान दिने भएको प्रमुख सन्तवीर लिम्बुले बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com