चीनसँगको व्यापार युद्ध हानिकारक


प्रकाशित मिति : मंसिर ४, २०७३ शनिबार

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानका क्रममा चिनियाँ निर्यातमा ४५ प्रतिशत भन्सार लगाउने बताउँदै आएका छन् । उनले चीनलाई मुद्रा तोडमोड गर्ने मुलुकको संज्ञा दिने बताउँदै आएका छन् । “हामी हाम्रो मुलुकलाई लगातार चीनबाट बलात्कार हुन दिँदैनौं । उनीहरूले यसो गरिरहेका छन्,” उनले मे महिनामा समर्थकहरूलाई बताएका थिए ।

राष्ट्रपतिमा निर्वाचित ट्रम्पले उनको अभियानको प्रतिबद्धतालाई अनुसरण गर्ने छन् वा छैनन् भन्ने विषयको निर्णय लिन अझै चाँडै छ । तर, यसो गर्दा व्यापार युद्धको अवस्था आउने जोखिम यथावतै छ । चीनसँग व्यापार युद्ध गर्दा निम्न कारणहरूले गर्दा दुवै मुलुकलाई बेफाइदा हुनेछ ।

चीनले यसको प्रतिक्रिया जनाउनेछ

हामीसँग चीनको भन्दा ठूलो आर्थिक शक्ति छ । मानिसले यसलाई बुझेका छैनन्,” ट्रम्पले अभियानको समयमा भनेका थिए । चीनले अमेरिकाको तुलनामा प्रशान्त क्षेत्रमा ठूलो परिमाणमा सामान बिक्री गर्दैै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो अवस्थामा अमेरिका र चीनबीचमा व्यापार युद्ध भएमा अमेरिकाको तुलनामा बेइजिङले गुमाउने धेरै हुनेछ । तर, चिनियाँ अधिकारीले पनि यसको कडा प्रतिक्रिया जनाउनेछन् । यदि अमेरिकाले चिनियाँ आयातमा उच्च भन्सार लगायो भने चीनले पनि यसको बदला लिन सक्छ ।

ठूला ब्रान्डहरूको अवस्था बिग्रन सक्छ

यदि बेइजिङले बदला लियो भने कतिपय अमेरिकी कर्पोरेट निकायहरूको अवस्था बिग्रन सक्छ । स्टारबक्स, बोइङ र एप्पलले चीनबाट ठूलो लाभ लिँदै आएका छन् । यी तीनै कम्पनीले १.३ अर्ब जनसंख्याको एकल बजारबाट ठूलो लभ लिँदै आएका छन् ।

यदि चिनियाँ सामानमा ४५ प्रतिशतको भन्सार लगाउने हो भने बेइजिङले यसको जवाफी कारबाही गर्न सक्छ । बोइङको अर्डर एयरबसले लिन सक्छ । अमेरिकाको भटमास र मकैको आयात पनि राकिन सक्छ ।

पहिले नै यो अवस्था आइसकेको थियो

२००९ मा पनि ओबामा प्रशासनले चिनियाँ टायरमा भन्सार लगाएको थियो । विश्व व्यापार संगठनले अमेरिकाको पक्ष लियो । बेइजिङले पनि यसको बदलामा जवाफी कारबाही गरेर अमेरिकी चिकेनमा भन्सार लगायो ।

वर्षौंसम्म तल्लो स्तरको द्वन्द्व आयो । यो द्वन्द्व सौर्य प्यानल, स्टिल र अन्य उत्पादनमा पनि विस्तार भयो ।

अमेरिकामा चिनियाँ पैसाको प्रवाह

चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र हो । यसका स्वदेशी कम्पनीहरू विश्व बजारमा बढ्दो प्रतिस्पर्धीका रूपमा देखा पर्दै आएका छन् । उनीहरूले अमेरिकामा ठूलो आकारको लगानी गरिरहेका छन् ।

१९९० देखि अमेरिकी फर्मले चीनमा २ सय २५ अर्ब डलरभन्दा बढी लगानी गरेका छन् । यसको बदलामा चीनले पनि सालाखाल ६५ अर्ब डलर लगानी गरेको छ र यो बढ्दो अवस्थामा छ ।

विगत पाँच वर्षको अवधिमा प्रत्यक्ष वैदेशिक लगानी एकतर्फीबाट दोहोरो भएको छ । प्रत्येक वर्ष दसांै अर्ब डलरको चिनियाँ लगानी अमेरिकातर्फ जाने गरेको छ ।

चिनियाँ लगानीकर्ताले पनि असाधारण रूपमा अमेरिकी फर्म किन्न थालेका छन् । चीन अमेरिकाको सबैभन्दा ठूलो सरकारी ऋण किन्ने मुलुक हो । चीनले १३ खर्ब डलरको अमेरिकी ऋणपत्र खरिद गरेको छ ।

रोजगारी फर्कंदैन

ट्रम्पले विशेष गरी म्यानुफ्याक्चरिङ क्षेत्रको रोजगारी अमेरिका फर्काउने प्रतिबद्धता व्यक्त गरेका छन् । धेरै अवस्थामा यो दाबी आर्थिक वास्तविकतामा परिवर्तन हँुदैन ।

अमेरिकी टेक्सटाइल उद्योग दशकांै अगाडि चीनमा गएको थियो । तर, यसले लागत धेरै ठूलो थियो । हाल रोजगारी बंगलादेश र भियतनामजस्ता मुलुकतर्फ जान थालेका छन् । यो ठाउँ कम महँगो रूपमा देखा परेको छ ।

यो रोजगारी नफर्कने काउन्सिल अन फरिन रिलेसनका सिनियर फेलो एडवार्ड अल्डेन बताउँछन् । भन्सारले समीकरणमा परिवर्तन ल्याउनेछैन । भन्सारले अवस्थालाई झनै खराब बनाउनेछ ।

युआन

चिनियाँ युआनका बारेमा ट्रम्पको धारणा पुरानो भइसकेको छ । उनले बारम्बार बेइजिङमाथि युआनको विनिमय दर तोडमोड गरेको आरोप लगाउँदै आएका छन् । उनले युआनको विनिमय दरलाई कृत्रिम रूपमा कम मूल्यांकन गरेर निर्यात बढाएको आरोप लगाउँदै आएका छन् ।

तर, अन्तर्राष्ट्रिय मुद्राकोषलगायत अन्य विज्ञहरूले युआनको विनिमय दर सही भएको बताउँदै आएका छन् । बेइजिङले मुद्राको विनिमय दर ओरालो लाग्नबाट रोक्नका लागि सक्रिय रूपमा समर्थन गर्दै आएको छ ।

चीनलाई मुद्रा तोडमोडको संज्ञा दिनु अन्तिम युद्धजस्तै हो । किनभने चीनले हालैमात्र आफ्नो मुद्रालाई उच्च कायम राख्नका लागि हस्तक्षेप गरेको थियो ।

चीनले अवस्थालाई नियन्त्रणमा राख्छ

यदि ट्रम्पको संरक्षणवादको नीति दशकौंको विश्वव्यापी व्यापार नीतिमा निर्भर रह्यो भने बेइजिङ यसबाट फाइदा लिनका लागि तयार हुने छ ।

राष्ट्रपति ओबामाको प्रशान्तीय व्यापार सम्झौता टीपीपी पहिले नै मृतप्रायः भइसकेको छ । अमेरिका र युरोपबीचको स्वतन्त्र व्यापार छलफललाई ट्रम्पले ब्युँताउने सम्भावना पनि कम छ ।

स्रोत कारोवार

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com