गीतसंगीतमा पनि जम्दै टेलिभिजनकर्मी कल्पना, आयो नयाँ तीज गीत (भिडियो समेत)


प्रकाशित मिति : श्रावण १८, २०७५ शुक्रबार

चर्चित टेलिभिजनकर्मी कल्पना भण्डारीको नयाँ तीजको गीतको भिडियो सार्वजनिक भएकोछ । अहिलेको तीजैमा बोलको गीतमा भण्डारी आफ्नै स्वर र अभिनयका साथ आएकी हुन् ।

विपिन किरणको शब्द र श्रीकृष्ण बम मल्लको संगितमा हाइलाइट्स नेपालले तीज गीत बजारमा ल्याएको हो । भण्डारी झण्डै डेढ दशकदेखि नेपाली टेलिभिजनमा सकृय रहदै आएकी छिन् । च्यानल नेपालमा कार्यक्रम प्रस्तोता रहेकी भण्डारी सगरमाथामा टेलिभिजनमा समाचारवाचिका थिइन् । हाल नेपाल टेलिभिजनमा संकल्प कार्यक्रमकी प्रस्तोता भण्डारीको गत बर्ष पनि तीजगीत बजारमा आएको थियो ।

भण्डारीको स्वरमा आधुनिक गीत पनि रेकर्ड भइसकेका छन् । यसपालीको गीतमा आफ्नै कुरालाई पनि समेटेको कल्पनाले बताइन् । संचारकर्मलाई पेशाको रुपमा अंगालेपनि गीतसंगीतमा भएको रुचीका कारण तीजको गीत बजारमा ल्याएको भण्डारीले बताइन् । उनी भन्छिन् – ‘पत्रकारिता मेरो पेशा हो, गीतसगीत शोख ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com