अन्तरराष्ट्रिय नेपाली पत्रकार संघ गठन, पाँचै महादेशको प्रतिनिधित्व, अध्यक्षमा लुईटेल


प्रकाशित मिति : श्रावण १७, २०७५ बिहीबार

विदेशमा पत्रकारिता गरिरहेका नेपाली पत्रकारहरूको अन्तरराष्ट्रिय संगठन नेपाली पत्रकार संघ (आइएनजेए) गठन गरिएको छ । गुणराज लुइटेलको अध्यक्षतामा गठन गरिएको संघको बोर्ड अफ ट्रस्टिमा रामचन्द्र खरेलको सभापतित्वमा वरिष्ठ पत्रकार योगेश उपाध्यायसमेत रहेका छन् ।

संघमा पाँचवटै महादेशको प्रतिनिधित्व रहेको छ । संघका उपसभापतिहरुमा सुनिलमणि दाहाल (अमेरिका), बिष्णु शितल (अमेरिका), टंक पन्त (एसिया), मनऋषि धिताल (अस्ट्रेलिया), अनुराधा पौडेल (युरोप) र डा.किस्मत भण्डारी (क्यानडा) रहेका छन् ।

यसैगरी महासचिवमा अमेरिकाका शिव बिष्ट, सचिवमा शारदा सिलवाल र कोषाध्यक्षमा बाल्टिमोरका सिर्जना ताम्राकार चयन भएका छन् । संचार निर्देशकमा विजय थापा, संगठन निर्देशकमा किशोर सापकोटा, नीति निर्देशकमा बिष्णु शर्मा र प्रविधि निर्देशकमा केशर कार्की मनोनित भएका छन् ।

सदस्यहरुमा अमेरिकाबाट भुपेन्द्र थापा, बिश्वराज थापा, दोव ढकाल, अंकुश नेपाल, तारा भट्टराई, पुनम पौडेल रहेका छन् भने दुवईबाट सुवास शर्मा, नेपालबाट कृष्ण ढुंगाना र ओमनबाट विनेश खनाल रहेका छन् ।

यसैगरी, साउदीअरबबाट तेजबहादुर थापा, अमेरिकाबाट सर्बज्ञ वाग्ले, स्विटजरल्याण्डबाट विजय शर्मा दर्पण, अमेरिकाबाट राजीव श्रेष्ठ, सरोज केसी, श्रीजना उप्रेती, उमेश शर्मा, पूर्ण बराइली र सुनिल हुमागाई रहेका छन् ।

यसैगरी सल्लाहकारहरुमा हरि अधिकारी, शेखर ढुंगेल, जर्ज मेसन विश्वविद्यालयका प्रा क्रिस्टोफर जे फरेल, सहायक प्रा जेफ साउथ, एसपीजेका रवीन सिडरस्की, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल र पत्रकार प्राध्यापक घमराज लुइँटेल रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com