टीपीएसमा रहेका नेपालीले यसरी पाउनसक्छन् ग्रिनकार्ड, थपियो ६ महिना (भिडियो समेत)


प्रकाशित मिति : श्रावण १५, २०७५ मंगलबार

अमेरिकामा टीपीएसमा रहेका नेपालीहरुले लेवर सर्टिफिकेशनमार्फत ग्रिनकार्ड पाउनसक्ने कानुन व्यवसायी खगेन्द्र जीसीले जानकारी दिनुभएको छ । नेपालको टीपीएस सन् २०१९ को जुन २४ मा सकिने भएपनि लेवर सर्टिफिकेशन गर्नेहरुले थप ६ महिनाको सुविधा अवधि पाउने जीसीले प्रष्ट पार्नुभएको छ ।

तर लेवर सर्टिफिकेशनमार्फत ग्रिनकार्ड पाउनका लागि टीपीएसमा जानुभन्दा अगाडि आवेदकको भिसा अद्यावधिक रहेको हुनुपर्ने जीसीले बताउनुभयो । खसोखास लाइभमा प्रधानसम्पादक किशोर पन्थीसँग कुरा गर्दै जीसीले भन्नुभयो टीपीएसमा जानुभन्दा अगाडि कानुनी हैसियत भएका वा भिसा अद्यावधिक रहेकाहरुले लेवर सर्टिफिकेशनमार्फत ग्रिनकार्ड पाउनसक्छन् ।

एसाइलम फाइल गर्नुभन्दा अगाडि अद्यावधिक भिसा रहेकाहरुले पनि टीपीएस लिएको भएमा उनीहरुले समेत लेवर सर्टिफिकेशन फाइल गर्न सक्ने जीसीले बताउनुभयो । डिसवासरदेखि सानातिना कामका लागि समेत लेवर सर्टिफिकेशन फाइल गर्न सकिने र स्टोर, रेष्टुरेण्ट, ग्यास स्टेशनले समेत स्पोन्सर गर्नसक्ने जीसीले बताउनुभएको छ ।

लेवर सर्टिफिकेशनका लागि केही लामो समय लाग्ने भएकाले पहिलेको अवस्थामा आगामी जुन २४ सम्म त्यसको प्रकृया पूरा हुनेमा आशंका रहेपनि अबभने थप ६ महिनाको सुविधा अवधि दिइएकाले ढुक्कसँग गर्न सकिने जीसीले बताउनुभयो । उहाँले भन्नुभयो अहिले नै लेबर सर्टिफिकेशन फाइल गर्ने हो भने १७ महिनाको अवधि त्यसका लागि प्रयाप्त हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com