प्रवासी नेपाली मञ्च अमेरिकाले गर्यो डा. केसी र सरकारबीचको सहमतिको स्वागत


प्रकाशित मिति : श्रावण ११, २०७५ शुक्रबार

डाक्टर गोविन्द केसीले उठाएका जायज मागहरु पूरा गर्न जनताको हितमा वर्तमान सरकार र गोविन्द केसीबीच भएको सहमतिको प्रवासी नेपाली मञ्च अमेरिकाले समर्थन र स्वागत गरेको छ । मञ्चका महासचिव राधाकृष्ण देउजाले वक्तब्य जारी सरकार र केसीबीचको सहमतिको स्वागत गर्नुभएको हो ।

यस सहमतिलाइ सम्भव तुल्याउन आफैं डटने र खटने प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आफूहरु र समस्त नेपालीहरु अनुग्रहित रहेको वक्तब्यमा जनाइएको छ । जनताको स्वास्थ्य र सुलभ र गुणस्तरीय मेडिकल शिक्षाको पक्षमा आफुलाइ ठीक लागेको शैलीमा आन्दोलन गर्दै आएर एउटा टुङ्गोमा पुर्याउन सफल डाक्टर गोविन्द केसीप्रति पनि प्रवासी नेपाली मञ्चका तर्फबाट उच्च सम्मान प्रकट गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डाक्टर केसीले उठान गरको मागहरु प्रति सदैव उदासिन रहने गरेको , आफ्नो हालीमुहाली हुँदा डाक्टर केसीको माग संवोधनको कुनै पहल नगरेको सत्यलाई भुलेर राजनीतिक स्वार्थ सहित डाक्टर केसीको पक्षमा लागेको देखाउंदै स्थीति भड्काउन लागि परेका केही राजनीतिक शक्तीहरुको घृणित खेल यो सहमतिसंगै समाप्त भएको आफ्नो बुझाई रहेको प्रवासी नेपाली मञ्चले जनाएको छ । आगामी दिनमा पनि सरकारी जिम्मेवारिता र जवाफदेहीता यस्तै सम्मान योग्य र जनपक्षिय रहने विश्वास सहित अपेक्षा समेत गरिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com