डा. केसीको आन्दोलनलाई अमेरिकामा बस्ने नेपाली डाक्टरको समर्थन


प्रकाशित मिति : श्रावण ८, २०७५ मंगलबार

अनशनरत डा. गोविन्द केसीको आन्दोलनलाई अमेरिकामा बस्ने नेपाली चिकित्सकहरुले समेत समर्थन गरेका छन् । अमेरिकामा बस्ने नेपाली चिकित्सकहरुको संस्था एसोसिएसन अफ नेपाली फिजिसियन इन अमेरिकाकाका अध्यक्ष डा. विनय श्रेष्ठले वक्तब्य जारी गर्दै केसीको अनशनले आफूहरुको ध्यानाकर्षण भएको भन्दै ऐक्यवद्धता जनाएका हुन् ।

नेपालको मेडिकल शिक्षामा सुधारका मागसहित गरिएको आन्दोलन जायज रहेको अमेरिकामा रहेका नेपाली चिकित्सकहरुको भनाई छ । मेडिकल सेवामा प्रवेश गर्न चाहने नेपालका सबैभागका नेपालीहरुले धान्न सक्ने सुलभ मेडिकल शिक्षा र सबै नेपालीहरुका लागि गुणस्तरीय स्वास्थ्य सुविधाको केसीको मागप्रति आफूहरुको पनि समर्थन रहेको वक्तब्यमा जनाइएको छ ।

माथेमा आयोगको सुझाव अनुरुप केसीले उठाएका मागहरु पूरा गर्न र केसीको जीवनरक्षाका लागि तत्काल पहल गर्न समेत माग गरिएको छ । केसीका मागबारे आफूहरुको पूर्ण समर्थन रहेको र डाक्टर केसीले उठाएका विषयहरुका सन्दर्भमा तत्काल समाधान खोजिनेमा आफूहरु विश्वस्त रहेको एसोसिएसन अफ नेपाली फिजिसियन इन अमेरिकाका उपाध्यक्ष डाक्टर विनोद शाहले बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com