अष्ट्रेलियामा यस्ता छन् विद्यार्थीहरुको लागि उपलब्ध भिसाका प्रकार


प्रकाशित मिति : श्रावण २, २०७५ बुधबार

अष्ट्रेलियाका युनिभर्सिटीहरुले दिने शैक्षिक डिग्री विश्वमै सर्वस्वीकार्य मानिन्छ । त्यसैले अष्ट्रेलिया विश्वका धेरै देशहरुबाट अध्ययन गर्न आउने विद्यार्थीहरुको हब नै बनेको छ । अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको समेत प्रमुख गन्तव्य बनिरहेको छ । अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीलाई विद्यार्थी भिसा अनिवार्य छ।

विद्यार्थी भिसाले विद्यार्थीलाई आफुले रोजेको कुनै शैक्षिक संस्थामा अध्ययन प्रयोजनको लागि अस्थायी पहुँच र बसोबासको अनुमति दिन्छ।
अष्ट्रेलियामा विद्यार्थीहरुको लेभल अनुसार फरक फरक भिसा उपलब्ध छन् ।

१, विद्यार्थी भिसा (सबक्लास ५०० )

अष्ट्रेलियामा पढ्न चाहने र आफ्नो करियर निर्माण गर्न चाहने विद्यार्थीहरुले सबक्लास ५०० भिसाको लागि आवेदन दिन सक्छन्। यस भिसाको अवधि ५ वर्षसम्मको हुन्छ ।

२. विद्यार्थी अभिभावक भिसा ( सबक्लास ५९० )

अष्ट्रेलियामा पढ्न चाहने विद्यार्थी १८ वर्ष भन्दा मुनिको भएमा अभिभावकले विद्यार्थी अभिभावक भिसा सबक्लास ५९० को लागि आवेदन दिन सक्नेछन् ।

३. तालिम भिसा ( सबक्लास ४०७ )

अष्ट्रेलियामा कुनै पनि तालिम लिन चाहने व्यक्तिले यो भिसाको लागि आवेदन दिन सक्नेछन् , जुन छोटो अवधिको लागि हुनेछ । यसको लागि आवेदन दिने व्यक्ति व्यक्ति नोमिनेटेड वा स्पोन्सर गरिएको हुनुपर्छ । यस भिसाको अवधि दुई वर्ष सम्म हुन्छ ।

४. अस्थायी ग्राजुएट भिसा ( सबक्लास ४८५ )

अष्ट्रेलियामा आफ्नो पढाई पूरा गरेको, तर केही समय अष्ट्रेलियामा रहेर काम गर्न चाहने व्यक्तिले यो भिसाको लागि आवेदन दिन सक्नेछन् । आवेदन दिने व्यक्तिको उमेर ५० वर्ष भन्दा कम हुनुपर्छ ।

५. भिजिटिंग एण्ड स्टडिंग भिसा

अष्ट्रेलियामा भिजिटर भिसामा रहेर छोटो समय पढ्न चाहने व्यक्तिले यो भिसाको लागि आवेदन दिन सक्छन् ।

Himalaya Kangaroo
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com