पाँच लाख बढी नेपाली रोजगारीका लागि पुगेका कतारबाट फेरी आयो यस्तो सुखद खबर


प्रकाशित मिति : श्रावण २, २०७५ बुधबार

गृहमन्त्री रामबहादुर थापा‘बादल’ र कतारका राजदुत युसुफ बिन मोहम्मदबिच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–कतार द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको स्रोतले जनाएको छ । भेटमा गृहमन्त्री थापाले कतारले नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदुतसँग सुरक्षा र अन्य क्षेमा समेत दुई देशबीच सहकार्यका लागि आग्रह गरेका छन् ।

राजदुत मोहम्मदले नेपाल र कतार कुटनीतिक सम्बन्ध यो वर्ष ४० वर्ष पुगेको र सो अवसरमा गृहमन्त्री थापालाई कतार भ्रमणका लागि आग्रह समेत गरेका छन् । उनले सन् २०२२ मा विश्वकप फुटवलको आयोजना गर्न गईरहेको सन्दर्भमा सुरक्षागार्डमा ठुलो संख्यामा नेपालीहरुलाई लैजान कतार ईच्छुक रहेको र त्यसका लागि आवश्यक परे छुट्टै सम्झौता गर्न तयार रहेको बताए । कतारमा हाल पाँच लाख बढी नेपाली रोजगारीका लागि पुगेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com