सिसा अध्यक्ष विजय सापकोटाको स्वकिय सचिवमा रिस्ता , प्रेस सल्लाहकारमा पुन: ताम्राकार


प्रकाशित मिति : श्रावण १, २०७५ मंगलबार

युवा नेता विजय सापकोटाले आफ्नो स्वकिय सचिवमा रिस्ता शंकर विश्वकर्मालाई नियुक्त गरेका छन् । त्यसैगरी पहिलो कार्यकालमा महत्वपूर्ण भुमिका खेलेका एच.बी ताम्राकार पून: प्रेस सल्लाहाकारमा नियुक्त हुन सफल भएका छन । अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीहरुको साझा संगठन काउन्सिल अफ इन्टरनेसनल स्टुडेन्स अस्ट्रेलिया (सिसा) को अध्यक्षमा पुन: नेपाली युवा केहि दिन अगाडी चयन भएका थिए । क्युन्सल्यान्डको केन्समा सम्पन्न राष्ट्रिय अधिवेशनले विजय सापकोटालाई सर्वसम्मत अध्यक्षमा चुनेको थियो ।

दोस्रो कार्यकालकालागि निर्विरोध भएसंगै सापकोटाको व्यस्तता बढेको हो । उनले पहिलो कार्यकालमा आफ्नो प्रेस सल्लाहाकारमा चर्चित युवा पत्रकार एच.बी ताम्राकारलाई नियुक्त गरेका थिए । पहिलो कार्यकाल सफल हुनुमा ताम्राकारको महत्वपूर्ण भुमिका रहेको भन्दै दोस्रो कार्यकालकालागि निरन्तर उक्त पदमै बसेर निरन्तर सहयोग गरिदिन सापकोटाले गरेको विशेष आग्रहलाई ताम्राकारले स्वीकारेका हुन् ।

सानैदेखी उत्कृष्ट छात्रा रिस्ता शंकर विश्वकर्मा नेत्रित्व गर्न सक्ने क्षमता बोकेकी महिला हुन । पूर्वको धरानमा जन्मिएकी नेपालकी छोरी रिस्ता अष्ट्रेलियॉंमा आएर महत्वपूर्ण भुमिका निर्वाह गर्दै गरेकी पहिलो महिला भएको विजयको मुल्याङ्न रहेको छ । विश्वकर्मा जस्तो प्रतिभाशाली महिलालाई आफ्नो स्वकिय सचिवमा नियुक्त गर्न पाउनु आफैमा गर्व गर्न लायक भएको बताएका छन् । रिस्ता विश्वकर्मा अष्ट्रेलियामा नर्सिङमा स्नातक गर्दै छिन । युटिएसको रोटेट कल्बकी सचिवपनि हुन् ।

त्यस्तै ताम्राकार सुदुरपश्चिमेली समाज जापानका वर्तमान प्रवक्ता र ओएस नेपाल बाट प्रसारित लाईभ कार्यक्रम ‘ ओएस नेपाल विग अपरेशनका’ प्रमुखपनि हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाल जापानमा बस्दै आएका ताम्राकार चर्चित पत्रकार प्रेम बानियाँले नेत्रित्व गरेको ‘जय स्वाभिमान समुह’ का संस्थापक सदस्यपनि हुन् । सुदुरपश्चिमको कंञ्चनपूरमा जन्मिएका ताम्राकारले प्लस टु को पश्चिममै पुरा गरेका थिए । स्नातक तह पुरा गर्न काठमाण्डौ छिरे । तिन वर्षें योजना पुरापनि गरे ।भारत , चिन र जापानको यात्रा गरिसकेका ताम्राकार आक्रामक पत्रकारका रुपमा चिनिन्छन । हाल जापानमै कार्यरत छन् ।

सापकोटा अध्यक्ष रहेको सिसा अस्ट्रेलियामा अध्यानरत असी भन्दा धेरै देशका ६ लाख भन्दा धेरै बिधार्थीको साझा संस्स्था हो जसमा प्रत्येक बर्ष नयाँ नेतृत्व चुनिने गर्दछ । अघिल्लो बर्ष पनि सापकोटालाई चयन गरिएको थियो । उनले एकबर्षे कार्यकाल सफलताका साथ सम्पन्न गरिसकेका छन् । संस्थाको अन्य पदका लागि उपाधक्ष्यमा दुबई, सचिवमा कोलम्बिया, कोषाधक्ष्य र पब्लिक रिलेसन अफिसरमा भारत तथा वेलफेयर अफिसरमा श्रीलंकाले नेतृत्व पाएको जनाइएको छ ।

सिड्नीस्थित युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा इन्जिनियरिङ्ग बिषय अध्ययन गरिरहेका सापकोटाले अष्ट्रेलियामा अध्ययनरत् सम्पुर्ण बिदेशी बिद्यार्थीहरुको नेतृत्व दोस्रो पटक गर्न पाउदा आफुलाइ गर्वको महसुश हुनुको साथै चुनौती पनि थपिएको बताएका छन् । आफुले बिशवका सामु नेपाल र नेपालीको पहिचान क्षमता देखाउनु पर्ने भएको बताउदै उनले नेपाली शिर सम्मानित र उचा राख्ने बताएका छन् ।सिसा अष्ट्रेलियन सरकारका बिभिन्न निकाय संग बिधार्थी सरोकारको बिषयमा समन्वय गर्ने गर्दछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com