यी हुनेछन् ट्रम्पका सम्भावित ‘सारथी’


प्रकाशित मिति : कार्तिक २७, २०७३ शनिबार

अमेरिकाका ४५ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अब उनको सरकारमा को–को समावेश हुनेछन् भन्नेमा धेरै मानिसहरुमा कौतुहलता जागेको छ । आउँदा केहिदिन भित्र ट्रम्पले मन्त्रिपरिषद् गठन गर्नेछन् । विश्व समुदायले चासो राखेको विषय हो–ट्रम्पको मन्त्रिपरिषदमा को को रहलान् ?

तर धेरैलाई ट्रम्पको चुनावी अभियानका क्रममा साथ दिएका सहयोगीहरुलाई उनको क्याबिनेट सदस्यको रुपमा हेरिएको छ ।
ट्रम्पका ती सम्भावित सारथी यसप्रकार हुने समाचार संस्था बीबीसीले जनाएको छ ।

न्युट गिङरिच, विदेश मन्त्री

अमेरिकाको विदेशमन्त्रीमा न्युट गिङरिचको सम्भावना रहेको बताइएको छ । सन् १९९४ को अमेरिकाको तल्लो सदनको चुनावमा बहुमत ल्याउन गिङरिचको ठुलो भुमिका रहेको बताइएको छ । उनी १९९५ मा अमेरिकाको तल्लो सदनको ५० औं सभामुख बनेका थिए । तर उनले अनुशासन उल्लंघन गरेको आरोपमा सभामुख पद त्यागेका थिए । २०११ मा राष्ट्रपतिको उमेदवार बन्ने दौडमा समेत थिए । उनी सीमा सुरक्षा र अध्ययनसम्वन्धी कडा नीति र गेष्ट वर्कर कार्यक्रमका पक्षपाति भएको बताइएको छ । जसअनुसार अमेरिकामा गएर विदेशीहरुले काम गर्न त पाउँछन् तर नागरिकता पाउने छैनन् ।

रुडी जुलियानी, महान्यायधिवक्ता

रुडी जुलियानी ट्रम्पका अति नै नजिकका सहयात्री भएको बताइएको छ । उनी ट्वीन टावरमाथि हमला भएका बेला न्यूयोर्क शहरको मेयर थिए । न्यु योर्कको महान्यायधिवक्ता समेत रहेका जुलियानीले २००८ मा रिपब्लिकनको तर्फबाट राष्ट्रपतिको नोमिनेसनका लागि असफल प्रयास गरेका थिए ।

रेइन्स प्रिबुस, चिफ अफ स्टाफ

४४ वर्षका प्रिबुसलाई चिफ अफ स्टाफ हुने ब्यापक सम्भावानाका रुपमा हेरिएको छ । उनी रिपब्लिकन पार्टीको नेशनल कमिटी चेयरम्यान समेत हुन् । प्रिबुसले पार्टी र ट्रम्पलाई जोड्न कोशिस गरेका थिए । उनी अमेरिकाको तल्लो संसद् पउल रायनका नजिक रहेको बताइएको छ ।

क्रिस क्रिष्टी, वाणिज्य मन्त्री

क्रिस क्रिष्टी न्युजर्सी राज्यका गभर्नर हुन् । प्राइमरिको चुनावमा ट्रम्पसँगै राष्ट्रपतिको प्रतिस्पर्धी रहेका क्रिष्टीले आफू असफल भएपछि ट्रम्पलाई सहयोग गरेका थिए । ५४ वर्षीय न्युयोर्क जोड्ने पुल बन्द गरेको स्क्यान्डलअन्र्तगत मेयरलाई दण्ड गरेर विवादित भएका थिए । क्याबिनेट सदस्य सिनेटले पारित गर्नुपर्ने भएकाले उक्त विवादका कारण उनी समस्यामा पर्न सक्ने बताइएको छ ।

जेफ सेसन्स, रक्षामन्त्री

उनी अलाबामा राज्यका सिनेटर हुन् र सम्भावित पेन्टागन प्रमुखको रुपमा हेरिएको छ । ६९ वर्षिय २००३ को इराक आक्रमणका समर्थक जसलाई ट्रम्पले भयानक तथा बेबकुफी काम भएको बताएका छन् । ओबामाले उनलाई स्मार्ट व्यक्ति भनेका थिए ।
उनी सिनेटको सशस्त्र सेवा समिति, न्यायीक समिति तथा बजेट समितिमा पनि थिए ।

माइकल फ्लान, राष्ट्रिय सुरक्षा सल्लाहकार

फ्लान अमेरिकाका सेवा निवृत्त लेफ्टिनेन्ट जेनरल हुन् । उनलाई सेनाका अन्य भेट्रान पूर्व सैन्य अफिसरहरुसँग जोड्न ट्रम्पलाई सहयोग गरेका थिए । इस्लामप्रति उनले राख्ने कडा बिचारका कारण उनलाई २०१२ देखि २०१४ सम्म डिफेन्स इल्टेलिजेन्स एजेन्सिको निर्देशकबाट हटाइएको बताइएको छ । चुनाव प्रचार अभियानका क्रममा ओबामाले इस्लामिक स्टेटविरुद्ध लिएको तरिकाप्रति तीब्र आलोचना गरेका थिए ।

स्टेफन म्नुचिन, वित्त मन्त्री

स्टेफन म्नुचिन ट्रम्पका वित्तीय सचिवका ा रुपमा काम गर्ने ब्यक्ति हुन् । उनलाई वित्त मन्त्री बनाउने प्रस्ताव ट्रम्पले उठाएको बताइएको छ । तर ट्रम्पका समर्थकले मन पराउने नपराउने अस्पष्ट रहेको बताइएको छ । ट्रम्पले जेपी मोर्गनका प्रमुख जेमीडिमोनलाई पनि प्रस्ताव गरेको तर उनको प्रतिक्रिया नआएको बताइएको छ ।बाह्रखरी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com