क्रोएसिया इतिहास रच्ने लक्ष्यमा, दोस्रोपटक उपाधि उचाल्न आतुर फ्रान्स


प्रकाशित मिति : असार ३१, २०७५ आईतबार

रुसमा जारी सन् २०१८ विश्वकपको फाइनल आज हुँदै छ । नेपाली समय अनुसार राति पौने ९ बजे फ्रान्स र क्रोएसियाबीच मस्कोको लुज्हनिकी रंगशलामा फाइनल खेल हुँदैछ ।

क्रोएसिया विश्वकप फाइनलमा पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने लक्ष्यमा रहेको छ भने तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको फ्रान्स दोस्रो पटक विश्वकप विजेता बन्न आतुर रहेको छ ।

सेमिफाइनलको खेलमा फ्रान्सले बेल्जियमलाई १–० ले हराएर फाइनलमा स्थान बनाउँदा क्रोएसियाले इंग्ल्याण्डलाई २–१ गोल अन्तरले हराउँदै पहिलो पटक विश्वकपको फाइनलमा स्थान पक्का गरेको हो ।

नयाँ च्याम्पियनका लागि फ्रान्समा युवा स्ट्राइकर किलियन एमबाप्पे र एन्टोनी ग्रिजम्यान भएकाले फ्रान्सलाई दह्रो टिमको रुपमा मानिएको छ । कप्तान लुका मोडरिचप्रेरित क्रोसिया भने नयाँ उत्साहको साथ फाइनलमा आइपुगेकाले इतिहास रच्दै विश्वकपको उपाधि उचाल्ने दाउमा रहेको छ । यो क्रोएसियाले फुटबलमा पाएको अहिलेसम्मकै सबैभन्दा ठुलो सफलता हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फिफाको विश्व वरीयतामा २०औँ वरीयतामा रहेको क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने सबैभन्दा कम वरीयतामा रहेको टोली हो। २० वर्षअघि उनीहरू विश्वकप फुटबलमा तेस्रो स्थानमा पुगेका थिए। तर त्यस बेला उनीहरू सेमिफाइनलमा फ्रान्सबाट पराजित भएका थिए।

करिब एक महिना अगाडि सुरु भएको विश्वकपमा ३२ टोली थिए । त्यति बेला यी फाइनलमा पुगेका दुई टोली फाइनलमा पुग्छ भनेर एकदमै थोरै मानिसले परिकल्पना गरेका थिए ।

नाम चलेका विश्व फुटबलका स्टार स्ट्राइकरहरू लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो र नेइमार घर फर्किसकेका छन्। त्यस्तै विश्व फुटबलका परम्परागत शक्ति राष्ट्रहरू ब्राजिल, जर्मनी र अर्जेन्टिना पनि घर फर्किसकेका छन्।

ब्राजिल, अर्जेन्टिना, जर्मनी र इटालीमध्ये कुनै पनि टोली फाइनल प्रवेश नगरेको यो केवल दोस्रो पटक हो । यसअघि २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपमा पनि यी ४ राष्ट्रमध्ये कुनेै पनि टोली फाइनल प्रवेश गर्न सकेका थिएनन्।

सम्भवतः उपाधि भिडन्तमा विश्व फुटबलका शक्तिशाली राष्ट्र नभएकाले फ्रान्स र क्रोएसियाबीचको फाइनल त्यति उत्सुकता नलाग्न सक्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com