न्युयोर्कको नेपाली कन्सुलेटमा कन्सुल जनरल पद खारेज, मधु मरासिनीलाई बोलाइयो फिर्ता


प्रकाशित मिति : असार ३०, २०७५ शनिबार

सरकारले न्युयोर्कमा रहेको नेपाली कन्सुलेट जनरलको कार्यालयमा कन्सुल जनरल पद खारेज गरेर सोही पदमा रहनुभएका मधु मरासिनीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । कन्सुलेट अफिस नै खारेज नभई कन्सुल जनरलको पदमात्र खारेज गरिएको जानकारीमा आएको डेपुटी कन्सुल जनरल पुष्प भट्टराईले जानकारी दिनुभयो ।

“कन्सुल जनरलको पद खारेज गर्ने सरकारी निर्णय थाहा भयो । तर यसबारे आधिकारिक रुपमा भने हामीलाई कुनै जानकारी प्राप्त भएको त छैन ।”-  डेपुटी कन्सुल जनरल भट्टराईले भन्नुभयो । मन्त्रीपरिषद्को आइतबारको बैठकले न्युयोर्क कन्सुलेटमा रहेको कन्सुल जनरलको पद खारेज गर्ने निर्णय गरेको जनाइएको छ ।

न्युयोर्कमा कन्सुल जनरलका रुपमा नियुक्त भएर आएदेखि मधुकुमार मरासिनीले नेपालको ब्यापार र पर्यटन प्रवद्र्धनको क्षेत्रमा निकै उल्लेख्य काम गर्नुभएको थियो । यस अगाडि पासपोर्ट र भिसाको कामलाई मात्र प्राथमिकता दिदै आएको कन्सुलेट कार्यालयले मरासिनीको कार्यकालमा भने पर्यटन र ब्यापार प्रवद्र्धनका विभिन्न उपलब्धिमुलक कामहरु गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकन राजनीतिज्ञहरुसँगको भेटघाटमा नेपालीहरुको हितबारे छलफल गर्नेदेखि पर्यटन प्रवद्र्धनका लागि न्युयोर्क टाइम्सको ट्राभल शोमा समेत बोल्न पुगेका मरासिनीले अँग्रेजी र स्पानिस भाषामा नेपालको पर्यटनबारे ब्रोसर प्रकाशित गरेर नेपालबारे रुची हुने गैर नेपालीहरुमाझ पुर्याएका थिए । नेपालमा अमेरिकन लगानी भित्राउने सन्दर्भमा समेत मरासिनीले विभिन्न उच्चस्तरीय कार्यक्रमहरुमा सहभागिता जनाएका छन् । साथै उनले कन्सुलेट जनरलको ब्राण्ड न्यू वेवसाइट समेत सुरुवात गरेका छन् ।

पर्यटन र ब्यापार प्रवद्र्धनका क्षेत्रमा उल्लेख्य योगदान दिन सफल हुँदाहुँदै पनि न्युयोर्क कन्सुलेटमा कन्सुल जनरलको पद खारेज गरिएकोमा भने अमेरिकामा बस्ने नेपालीहरुले आश्चर्य मानेका छन् । निकै उत्साहपूर्व तरिकाले काम गरिरहेका मधु कुमार मरासिनीलाई फिर्ता बोलाउने सरकारी निर्णयबाट नेपालको पर्यटन र ब्यापार प्रवद्धनका क्षेत्रमा काम गर्न खोज्नेहरुलाई समेत दुरुत्साहन भएको छ । यद्यपी नेपालको ब्यापार र पर्यटनको क्षेत्रमा मरासिनीको सकृयताका कारण उनी अमेरिकामा रहेका नेपालीमाझ कामकाजी कन्सुल जनरलको छबी बनाएर फर्कने भएका छन् ।

विश्वमै नेपालमा पर्यटक भित्रिने मुलकमा अमेरिका तेश्रो स्थानमा रहेको छ भने अमेरिकाबाट नेपालमा वैदेशिक लगानीको समेत उच्च सम्भावना रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com