पहिलो पटक फाइनलमा पुगेको क्रोएसियाले विश्वकप जित्ने आधार


प्रकाशित मिति : असार ३०, २०७५ शनिबार

२०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि आइतबार सन् १९९८ को च्याम्पियन फ्रान्स र पहिलो पटक फाइनलमा पुगेको क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ।

पहिलो पटक फाइनलमा स्थान बनाउने क्रममा क्रोएसियाले सानदार खेल पस्कियो। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले क्रोएसियाको खेलको प्रसंशा गर्दै  क्रोएसिया उपाधि लायक हुनुका तीन कारण दिएको छ।

१‍.चमत्कारिक टिम र उच्च आत्मबल

प्रशिक्षक जेटलाट्को डालिकले क्रोएसियन टिमलाई फाइनलसम्म पुर्‍याउन धेरै मिहिनेत गरिरहेका छन्। टिमको वातावरण अहिलेसम्मै उत्कृष्ट भएको खेलाडीहरुले पटकपटक बताउने गरेका छन्।पछिल्लो ५० दिन एकसाथ बिताइसकेका खेलाडीहरुले परिवार जस्तो महसुस गरिरहेका छन्। खेलाडीहरु मैदानमा एकअर्काका लागि ज्यान दिन तयार देखिएका छन्। लगातार ३ खेलमा थप समयमा खेल्नु परेपनि क्रोएसियाले टिम भावनाले खेल्दै जित निकालेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२. मानसिक रुपमा सबल

डेनमार्क, रसिया र इंग्ल्यान्ड, ३ वटै टिमविरुद्ध पछाडि परेर पनि क्रोएसियाले जित निकाल्यो। अघिल्ला २ खेलमा उसले पेनाल्टी सुटआउटमा जित निकालेको थियो। उत्कृष्ट पुनरागमन गर्न माहिर क्रोएसिया मानसिक रुपमा बलियो र खेलमा डटिरहने टिम हो। कप्तान लुका मोर्ड्रिक भन्छन् ‘मैदानमा डटिरहने चत्रित्र देखाउन सफल भयौ।’  यो चरित्रले क्रोएसियालाई फाइनलमा सहज हुने देखिन्छ।

३. अनुभवी टिम 

क्रोएसियाको स्वर्णिम पुस्ताको फुटबल टिमको नेतृत्व लुका मोड्रिकले गरिरहेका छन्। रियल म्याड्रिकका मिडफिल्डर मोड्रिक बाहेक टिममा बार्सिलोना, इन्टर मिलान, युभेन्ट्स र लिभरपुल जस्ता बलिया क्लबमा आबद्ध खेलाडी छन्। जसमा इभान राकिटिक, मारियो मान्जुकिक, इभान पेरिसिक, माटेओ कोभाकिक र डेजान लोभ्रेन पर्छन्। क्रोएसियन टिमको औसत उमेर २७ वर्ष १० महिना छ। टिममा अनुभवी खेलाडीसँगै आत्मविश्वास पनि छ। टिममा रहेका सबै खेलाडी क्लब फुटबलमा पहिलो रोजाइमा पर्छन्। अर्कोतर्फ सबैले आफ्नो क्षमता राम्रोसँग बुझेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com