विश्वकपमा तरुनीको फोटो खिच्ने पत्रकारलाई फिफाको चेतावनी


प्रकाशित मिति : असार ३०, २०७५ शनिबार

रुसमा भइरहेको विश्वकपमा खेलाडीसँगै सुन्दरी महिलाहरूले पनि दर्शकको ध्यान आफूतिर तानेका छन् ।

यसैक्रममा फिफाले महिलाप्रति क्यामरा धेरै फोकस गर्ने प्रसारकहरूलाई चेतावनी समेत दिएको छ । फिफाले सुन्दरी महिलालाई मात्र केन्द्रीत गरेर फोटो खिँच्नुलाई लैंगिक भेदभाव भनेको छ ।

खेल दौरान क्यामेराम्यानले सेक्सी देखिरहेका महिला र केटीहरुलाई ध्यान केन्द्रीत गरेको विषयमा फिफाले क्यामेराम्यानले यस्तो ग्लेमर फोटो नखिँच्न आग्रह गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फिफाले भनेको छ, ‘खेलको दौरान अधिकतर क्यामरापर्सन हट महिला फ्यान्समाथि ज्यादै फोकस गरेका छन् । यस्ता फ्यान्सको धेरै फोटो लिइरहेको हुन्छन् । उनीहरुले यस्तो गर्न हुँदैन ।’

फिफाको अनुसार यो लैंगिक भेदभावको भएको छ । भेदभावको विरुद्ध काम गर्ने समूह फेयर नेटवर्कले मानेको छ कि रुसमा लैंगिक भेदभाव धेरै समस्या हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com