जहाँ सवा करोड कमाउने पनि गरिब


प्रकाशित मिति : असार ३०, २०७५ शनिबार

जसको मासिक आम्दानी लाखभन्दा बढी छ, उसलाई सफल व्यक्ति मानिन्छ । तपाईंको कमाई त लाखभन्दा पनि धेरै छ । जिन्दगी कति आनन्दपूर्वक बितिरहेको होला यहाँको त ? समाजमा यस्तै खालका वार्तालाप हामी धेरैजसो सुन्ने गर्छौं । समाज र परिवारमा पनि उसलाई सफलताको उदाहरणका रूपमा प्रस्तुत गरिन्छ । तर संसारमा एक यस्तो देश पनि छ जहाँ १ करोड २८ लाख रुपैयाँ कमाउनेलाई पनि गरिब ठानिन्छ । यो सहर हो, अमेरिकाको सनफ्रान्सिस्को ।

अमेरिकाको आवासीय र सहरी विकास विभागको हालैको रिपोर्टले यही तथ्य बाहिर ल्याएको छ । रिपोर्टअनुसार सनफ्रान्सिस्को, सन माटियो र त्यस आसपास रहने चार सदस्य रहेको परिवार यदि १ करोड २८ लाख कमाउँछ भने ऊ न्यून तलब पाउने परिवारमा गनिन्छ । त्यही यदि कुनै परिवार ८० लाख रुपैयाँ कमाउँछ भने ऊ अझ गरिबमा गनिन्छ । देशको अन्य इलाकाको तुलनामा यी सहरमा गरिबीको यो अवस्था एकदमै धेरै छ ।

ब्रुकिङ इन्स्टिच्युटको वेबसाइट द हेमिल्टन परियोजनाको एउटा सर्वेक्षणले यही देखाउँछ कि अमेरिकामा मानिसहरूको कमाइमा निकै अन्तर छ । अमेरिकाको लगभग दुईतिहाइ परिवारको कमाई सनफ्रान्सिस्कोको १ करोड २८ लाख रुपैयाँ कमाउनेहरू गरिब परिवारभन्दा कम छ । अमेरिका चार सदस्य रहेको परिवारको औसत कमाई करिब ९९ लाख रुपैयाँ हो । यसभन्दा धेरै सदस्य रहेको परिवारको औसत कमाई करिब ६५ लाख हो । करिब ३३ करोड जनसंख्या रहेको अमेरिकामा चार करोडभन्दा धेरै व्यक्ति गरिबीको रेखाभन्दा तल छन् । यस्ता चार सदस्यीय परिवारको कमाई करिब २७ लाख रुपैया छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केही ठूलो सहरको तुलनामा देशको अन्य भागको कमाई निकै कम छ । यस श्रेणीमा सनफ्रान्सिस्को पनि छ । यस सहरमा आईटी र प्रविधि उद्योगको अति धेरै छ । जसबाट यहाँ रहने मानिसको कमाई पनि राम्रै हुने गरेको छ । राम्रो आर्जनको चाहना राख्ने व्यक्तिका लागि यो सहर उनीहरूको सपनाको गन्तव्य बनिसकेको छ ।

सनफ्रान्सिस्कोको सहरी क्षेत्रमा सन् २००८ देखि २०१६ को बीचमा २५देखि ६४ उमेरका नोकरी पेशा व्यक्तिको कमाई २६ प्रतिशतसम्म बढेको छ । अर्को सहर इलाकाको तुलनामा यो अति धेरै हो । सन् २०१६ सम्म यहाँको नागरिकको औसत कमाई करिब ६८ लाख रुपैयाँ भइसकेको थियो । अमेरिकाको अन्य क्षेत्रमा नागरिकलाई धेरै तलब दिइन्छ । सेन जोसमा २५ देखि ६४ वर्षका नोकरीपेशा नागरिकको औसल कमाई करिब ४५ लाख रुपैयाँ, वासिङटन डीसीमा करिब ६७ लाख रुपैयाँ र बोस्टनमा करिब ६० लाख रुपैयाँ छ । धेरै कमाई हुने यस्ता इलाकामा अन्य नोकरीमा पनि मानिसलाई राम्रै तलब दिइन्छ ।

सनफ्रान्सिस्कोमा डाक्टर सबैभन्दा धेरै कमाई गर्ने व्यक्ति हुन्छन् । डाक्टरको औसत कमाई २ करोड ११ लाख रुपैयाँभन्दा धेरै हुन्छ । सरकारी अधिकारीको औसत कमाई एक करोड ८४ लाख हुन्छ । त्यही सफ्टवेयर डेवलपरले करिब १ करोड २८ लाख औसत कमाउँछन् । जब कि यहाँ त्यस्ता मानिस पनि छन्, कम कमाउँछन् । सनफ्रान्सिस्कोमा सबैभन्दा कम कमाई गर्ने किसान हुन्छन् । यहाँ किसान औसत करिब २० लाख रुपैयाँ कमाउँछन्, त्यही बच्चाको रेखदेख गर्नेहरूको औसत कमाई करिब २४ लाख हुन्छन् ।

कमाई धेरै अवश्य हुन्छ, तर यहाँ रहन बस्ने खर्च पनि कम छैन । यहाँ सबैभन्दा धेरै खर्च आवासमा हुन्छ । सनफ्रान्सिस्कोमा रहन बस्न देशको औसत खर्चको तुलनामा २५ प्रतिशत धेरै खर्च गर्नुपर्ने हुन्छ । जब कि राष्ट्रिय औसतभन्दा यहाँको नागरिकको कमाई ४५ प्रतिशत धेरै छ । सनफ्रान्सिस्कोमा २ बीएचके अपार्टमेन्टको भाडा मासिक २ लाखभन्दा बढी हुन्छ । २००८ मा यो करिब एक लाख रुपैया थियो ।

ओहिसो जस्ता राज्यमा यो भाडा ५८ हजारको नजिक हुन्छ । यी सहरको तुलनामा सनफ्रान्सिस्कोमा कमाईको अनुपामा भाडामा खर्च धेरै हुन्छ । अर्को सहरको तुलनामा यहाँ कमाई दुई गुणा अवश्य हुन्छ, तर भाडामा २७० प्रतिशत धेरै खर्च गर्नुपर्ने हुन्छ । यस्तोमा सनफ्रान्सिस्कोमा रहनु कुनै आर्थिक चुनौतीभन्दा कम छैन । अमेरिकी सरकार यो मान्छ कि यदि समान क्षेत्रमा समान सदस्यको परिवार औसल कमाईभन्दा ८० प्रतिशत या त्यसभन्दा कम कमाउँछ भने त्यो गरिब हो ।
बीबीसी’ बाट साभार गरिएकाे याे खबरलार्इ राजधानी दैनिकले लेखेकाे छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com