विश्वकप – तेस्रो स्थानका लागि शनिबार इंग्ल्याण्ड र बेल्जियम आमने सामने हुँदै


प्रकाशित मिति : असार २९, २०७५ शुक्रबार

रुसमा जारी फिफा विश्वकप २०१८ अन्तरगत शनिबार तेस्रो स्थानको लागि इंग्ल्याण्ड र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ । यी दुईको खेल नेपाली अनुसार पौने ८ बजे हुनेछ ।

क्रेस्टोभस्काई स्टेडियममा शनिबार इंग्ल्याण्ड र बेल्जियम तेस्रो स्थानको लागि भिड्दा यो खेल फाईनल जतिनै रोमाञ्चक हुने अनुमान गरिएको छ । इंग्ल्ण्याड २८ वर्ष पछि तेस्रो स्थानको लागि भिड्न लाग्दा बेल्जियम ३२ वर्ष पछि तेस्रो स्थानको लागि भिड्दैछ । इंग्ल्याण्डले सन् १९९० मा तेस्रो स्थानको लागि खेल्दा बेल्जियमले १९८६ मा तेस्रो स्थानको लागि खेलेको थियो ।

इंग्ल्याण्ड सेमिफाईनलमा क्रोएसियासंग दुई एक गोलले पराजित भएको थियो भने बेल्जियम फ्रान्ससग एक गोलले पराजित भएको थियो । बेल्जियम सेमिफाईनल खेल्दा सम्म रुमेलु लुकाकु, ईडेन हजार्ड, केभिन डि ब्रुने महत्वपूर्ण खेलाडी बनेका छन् । उता इंग्ल्याण्डको टिममा सवै खेलाडी बलियो र भरपर्दा छन् । मोर्डन फुटबललाई पछ्याउने टिम मानिन्छ इंग्ल्याण्डलाई ।

उता गोल्डेन जेनेरेशनको ट्याग पाएको बेल्जियम युरोपियन पावरहावउको रुपमा उदाएको टिम हो । हेड टु हेडका आधारमा यी दुवै टिमको एक अर्कासग २२ पटक भेट भएको छ । जस्मा १५ पटक इंल्याण्ण्डले जितेको छ । जारी विश्वकपमा नै यी दुईबीच प्रतिष्पर्धा हुन लागेको यो दोस्रो पटक हो ।

यस अघि समूह चरणको अन्तिम खेलमा बेल्जियमले इंग्ल्याण्डलाई १ -० ले हराएर समूह विजेता बन्दा इंग्ल्याण्ड उपविजेता पनि प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो । इंग्ल्याण्डका कप्तान ह्यारी केन जारी विश्वकपको गोल्डेन बुट दावेदार हुन् भने उनलाई वेल्जियमका रुमेलू लुकाकुले पनि टक्कर दिन सक्ने सभ्भावना केहि प्रतिशत भनेपनि रहेको छ ।

इंग्ल्याण्डले सन् १९६६ मा विश्वकपको उपाधि जितेको थियो । विश्वकपको फाईनल खेल भने आईतबार क्रोएसिया र फ्रान्सबीच हुदैछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com