अमेरिकामा साथी संग हात समाई हिडदा किन अर्को अर्थ लाग्छ ?


प्रकाशित मिति : श्रावण १५, २०७३ शनिबार

 

– विजय थापा

नेपालमा हामीले गरेका हाउभाउ अमेरिकामा गर्ने प्रयास गर्दा अनौठो मानिन्छ l हाम्रा ईशारा यहाँ गलत अर्थ निकालिन्छ l अमेरिकामा स्वतन्त्रता ज्यादा छ भन्ने सोचाई भएको कारण कानुनको कठघरामा पर्ने कैयौ उदाहरण पनि छन l अमेरिका आएका अप्रवासिहरुमा यस्तो गलत भ्रम पनि रहेको देखिन्छ l

त्यस्तो ब्यबहार र त्यस्तो क्रियाकलाबमा संलग्न भएका मानिसलाई कानुनले पाठ सिकाउदछ l अप्रवासीहरुले यस्ता कुराहरु जान्नै पर्छ l नत्र सामाजिक रुपमा र समुदायले अस्वाभाविक दृष्टिले हेर्दछ l र अर्को अर्थ पनि लाग्छ l

अमेरिकाको संस्कृति र संस्कारको ज्ञान नभएको कारण अमेरिका आएका मानिसको अर्ध बुझाईको कारण नराम्रो संग फ़स्दछन l सामाजिक तवरमा अमेरिकाका नागरिकले गर्ने कैयौ चिज अन्य मुलुकबाट आएका नागरिकलाई अस्वाभाविक लाग्दछ l कैयौ चिजहरु अप्राकृतिक पनि हुन् जान्छ l अनौठो दृष्टिले हेरिन्छ l यसै गरि अन्य देशका मानिसले आफ्नो संस्कृति र संस्कारलाई अमेरिकामा पनि लागु गर्ने प्रयास गर्दा नकारात्मक टिका टिप्पणी गरिन्छ l

अमेरिका आएका नेपालीहरुलाई पनि अमेरिकामा गरिने संस्कार ,के गर्न हुने के गर्न नहुने बारेमा ज्ञान हुदैन l फलस्वरूप कहि कतै लज्जित हुनु पर्ने अवस्था बाट पनि गुज्रिनु पर्ने हुन्छ l

नेपालमा मिल्ने साथी संग अंगालो हाली हिड्ने तथा हात समाती लठारिदा किन स्वाभाविक मानिन्छ ?

बिश्वमा मित्रताको सम्बन्धलाई अत्यन्तै श्रद्धाले हेरिन्छ l परिवारमा सम्बन्ध बिच्छेद हुन् सक्छ तर मित्रता परिवार भन्दा पनि अझ प्रगाढ सम्बन्ध रहेको पाईन्छ l मौका परेमा परिवार र परिवारका सदस्यले पछाडी बाट छुरा घोप्न सक्लान तर एउटा साचो मित्रले दुख र सुखमा अन्तिम अवस्था सम्म साथ दिन्छन l

नजदिकको मित्रलाई सबै कुरा भन्ने पनि गरिन्छ l सबै साथी या मित्रहरु भलाई नै चाहने भन्ने कदापी हैन l मित्रले नै ठुलो धोका धडी गरेका कैयौ उदाहरण पनि छन् l

नेपालमा मिल्ने साथी संग हामी हातमा हात मिलाई हिन्छौ l काँधमा काँध मिलाई पनि हिन्छौ l मिल्ने साथीहरु एकैछिन् पनि नछुट्टिने गरि हातमा हात समाई लट्ठारियेर पनि हिन्छौ l पुरुष या महिला दुबैले आफ्ना अभिन्न मित्र संग यस्तो ब्यबहार गर्दछौ l

नेपालमा त्यसको केहि नराम्रो अर्थ लगाईदैन l समाज र समुदायले सकारात्मक रुपले हेर्दछ l परिवारका सदस्यले पनि कुनै आपत्ति जनाउदैनन l कुनै गलत सोच र अन्य कुनै कारण नभई मित्रतामा गौरब गर्दछन l र अपबाद बाहेक त्यसको गलत अर्थ पनि लगाईदैन l
नेपालमा एकै लिङ्ग (स्त्री या पुरुष )साथीभाई संग अंगालो हाले हिडे पनि केहि सोचिदैन l महिला र पुरुषले अंगालो मारेर नेपालमा खुल्लम खुल्ला गरेको देखिदैन l समाजले नेपालमा त्यसलाई अलिक अस्वाभाविक रुपले हेर्दछ l तर एकै लिङ्ग (स्त्री या पुरुष )ले आफ्ना मित्रहरु संग काँधमा काँध मिलाई र हातमा हात समाती हिडदा पनि कुनै अनौठो मानिदैन l

बात लगाइदैन l तर नेपालमा यसरि पुरुष या महिला ,प्रेमी प्रेमिका ,ठिटाठिटी ,किसोर किसोरी ,केटाकेटि तथा पतिपत्नी यसरि सार्बजनिक स्थानमा यसो गर्न आँट गर्दैनन् l सामाजिक बन्देज पनि हुन्छ l यस्तो कुरा निषेधित छ l तर अमेरिकामा दुई फरक लिंग पतिपत्नी ,प्रेमी प्रेमिका ,ठिटाठिटी ,किसोर किसोरी ,अबिबाहित पुरुष या महिलाले अंगालो हाल्ने र हातमा हात गरे त्यो स्वाभाविक मनिन्छ l अमेरिकामा त्यो कुरा चर्चाको बिषय मानिदैन l

तर अमेरिकामा ठिक बिपरित ,एकै लिङ्ग (स्त्री या पुरुष )साथीभाई संग अंगालो हाले हिडे पनि समाजले अर्को दृष्टिले हेर्दछ l समुदायले कर्के नजर लगाउदछ l अलिक मानिस तर्किन खोज्ने गर्दछन l एकै लिङ्ग (स्त्री या पुरुष )साथी साथीमा हातमा हात हाली पनि हिड्ने चलन हुदैन l यसरी हिडे  तेश्रोलिंगी या  समलिंगी होला भन्ने ठानिन्छ l

यसरि पुरुषले पुरुष साथी संग हातमा हात मिलाएर हिड्यो भने समलिंगी हो कि भन्ने ठहर गरिन्छ l महिला साथीले महिला साथीसंग यसरी काँधमा काँध मिलाएर हिड्ने गरे समलैंगिक स्त्रीहरु भन्ने ठानिन्छ l अमेरिकामा अंगालो हाल्न कुनै बन्देज हुदैन l काँधमा काँध मिलाउन पनि कुनै रोकावट हुदैन l

कैयौ देशमा सार्बजनिक रुपमा अंगालो हाले कानुन बिपरित हुन्छ l सजायको भागिदार पनि हुनु पर्छ l मुस्लिम राष्ट्रमा पुरुष र महिला काँधमा काँध मिलाउन र हातमा हात मिलाई सार्बजनिक स्थानमा हिडडुल गरे झन् आपत्ति नै हुन्छ l

यसै गरि जति सुकै मिल्ने र नजिको साथी भएता पनि अमेरिकामा एकै लिंगका पुरुष या महिला काँधमा काँध मिलाएर हिड्यो भने या हातमा हात कसिएर समातेर हिड्यो भने अर्को अर्थ लिइन्छ l

अमेरिका ,विश्व कै सबै मानिसको सपनाको संसार हो l पछिल्लो दशक देखि नेपाली समुदायको जन घनत्व पनि बिज गणतीय रुपमा अमेरिकामा बढेको छ l यस्ता कुराहरु अमेरिका आउने र यहाँ भएकालाई कहिलेकाही अज्ञानता बस यस्ता कुराहरुले असहज बनाई दिन्छ l यस्ता कुराहरु जानी राखे र मष्तिस्कमा राख्न सके सबैलाई फाईदा हुनेछ l सबैको भलाई नै हुन्छ l

आगे यहाहरुको मर्ज़ी ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com