धनकुटामा ४ सय बढिको बिद्युत लाईन काटियो, करिव डेढ करोड रकम उठेन
प्रकाशित मिति : असार २६, २०७५ मंगलबार

बिद्युत प्राधिकरण धनकुटाले विद्युत महशुल नबुझाउने धनकुटाका ग्राहकको लाईन काट्न हुरु गरेकोे छ ।
बिभिन्न समय देखि बक्यौता रहेको एक करोड ४८ लाख ८२ हजार रकम नउठेपछि प्राधिकरणले लाईन काट्न शुरु गरेको हो ।
पहिलो चरणमा महशुल नबुझाएका चार सय सात जनाको लाईन काटिएको बिद्युत प्राधिकरण धनकुटाका प्रमुख हेम थापाले बताए ।
उनीहरुबाट एक करोड १७ लाख ४४ हजार रुपैंया रकम उठ्न बाँकी रहेको थियो ।
उक्त बक्यौता रकम बाहेक धनकुटा नगरापालिका सहित ७७ ग्राहकहरुबाट छ लाख ३८ हजार रुपैंया रकम उठ्न बाँकि रहेको छ ।
असार मसान्तसम्ममा शुल्क नबुझाएमा लाईन उनीहरुको पनि लाईन काटिने प्राधिकरणका शाखा कार्यलय प्रमुख पवन कुमार शाहले बताए ।
त्यस्तै शाहका अनुसार धनकुटा नगरपालिकाको सिफारीसमा विभिन्न ४५ वटा टोलको २५ लाख रुपैंया तिर्न बाँकी रहेको शाहले जानकारी दिए छ् ।