डा केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै, आँशु झार्दै भने म जतिखेर पनि मर्न सक्छु


प्रकाशित मिति : असार २३, २०७५ शनिबार

पन्ध्र औं पटक आवरण अनशनमा रहेका गोबिन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । आज उनको पन्ध ्औं अनशनको सातौं दिन हो । जुम्लामा अनशनरत प्राध्यापक डा गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न त्यहाँ पुगेको नेपाली कांग्रेसको तीन सदस्यीय सांसदको टोली केसीको अनशन स्थल पुगेर बुझेका थिए । केसीको स्वास्थ्य अवस्था बुझेर टोली काठमाडौं फर्किन लागेको छ ।

काठमाडौं फर्कनु अघि जुम्ला अस्पतालमा पत्रकार सम्मेलनको आयोजना गर्दै सांसद प्रकाश स्नेही रसमाईले डा केसीमा रोगसँग लड्न सक्ने क्षमता कम हुदै गएको प्रतिक्रिया दिए। भेटका क्रममा डा केसीले आँशु झार्दै भने म जतिखेर पनि मर्न सक्छु भन्ने अभिव्यक्ति दिएको उनले बताए । उनले चिकित्सा शास्त्र शिक्षा बिधेयक हुबहु पारीत गर्न माग गर्दै बर्तमान सरकारले कांग्रेसका कारण डा केसी अनशनमा बसेको भन्दै फइलाएको हल्ला निराधार भएको बताएका छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com