डोनाल्ड ट्रम्पका लागि १६ करोडको ‘ब्लास्ट प्रुफ’ कार


प्रकाशित मिति : कार्तिक २५, २०७३ बिहीबार

अमेरिकाको ४५औं राष्ट्रपतिमा निर्वाचित खर्बपति ब्यापारी डोनाल्ड ट्रम्पका लागि जनरल मोटर्सले ‘ब्लास्ट प्रुफ’ कार तयार गर्न थालेको छ । राष्ट्रपति नहुँदै शालीन जीवन बिताउँदै आएका डोनाल्ड ट्रम्प अब शक्तिशाली पदमा पुगेपछि विशेष हाइटेक प्रेसिडेन्ट कार क्याडिलेक ‘द बेस्ट’ लाई जनरल मोटर्सले तयार गरिरहेको छ ।

जनरल मोटरले आफ्नो नयाँ स्टेट कारको स्वरुप परिवर्तन गर्न थालेको छ। जनवरी २० मा राष्ट्रपति पदको सपथ लिएपछि डोनाल्ड ट्रम्पको शानका साथ यो कारमा सवार हुनेछन् ।  समाचार अनुसार जनरल मोटर्स आफ्नो कार क्याडिल्याकमा परिवर्तन गर्न करिब १ सय अर्ब रुपैयाँ खर्च गर्ने तयारीमा जुटेको छ। व्हाइट हाउसमा १२ वटा बेस्ट कार रहेका छन् । जनरल मोटरलाई एउटा कार बनाउन करिब १० करोड रुपैयाँ लाग्ने भएको छ ।

यस कारमा राष्ट्रपतिको ब्लड ग्रुपको दुई युनिट रगत पनि राखिएको हुन्छ । आपतकालिन अवस्थामा राष्ट्रपतितलाई सडकमै रगत दिन सकियोस् भनी यस्तो व्यवस्था गरिएको हो । अमेरिकन राष्ट्रपति सवार हुने कारको अधिकतम गति ९६ किलोमिटर प्रतिघन्टा रहेको छ । जुन गतिमा कुनै पनि अवस्थामा चलाउन सकिन्छ

अमेरिकन राष्ट्रपति सवार हुने कारमा नाइट भिजन क्यामेरासँगै जीपीएस ट्र्याकिङ प्रविधि, टियर ग्यास सेल र स्याटेलाइनट कम्युनिकेस सिस्टम पनि रहेको हुन्छ ।राष्ट्रपतिको क्याडिल्याक बेस्टको तौल ८ टन हुन्छ । यस कारको ढोका बोइङ्ग ७४७ जतिकै बलियो हुन्छ । यसले यो कारण रसायनिक र जैविक आक्रमणबाट बचाउने किसिमको हुन्छ ।

कारको टायर केवलार (सिन्थेटिक फाइबर) बाट कोडेट गरिएको हुन्छ । जसले टायर पड्किने सम्भावना करिब करिब समाप्त हुन्छ । यस्तोमा यदि टायर पड्केमा अत्यन्तै बलियो रिममात्रैले पनि यो कार सजिलै गुड्न सक्छ । अत्यन्त मजबुत यस कारभित्र कुनै पनि आवाज जाँदैन । बाहिरको आवाज सुन्नका लागि एक माइक्रोफोन बाहिर लगाइएको हुन्छ । जुन भित्र लगाइएको स्पिकरसँग जोडिएको हुन् । यस कारमा अलग ढङ्गले अक्सिजनको आपूर्ति हुन्छ । कारका शिशा यति धेरै मजबुत हुन्छन् कि ठूलै विस्फोटले पनि यसलाई कुनै असर गर्दैन ।कारोवार

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com