नाङ्गो फोटो खिचाइसकेकी मेलेनिया अमेरिकाकी ‘फस्ट लेडी’


प्रकाशित मिति : कार्तिक २५, २०७३ बिहीबार

डोनाल्ड ट्रम्प अमेरिकाका नयाँ राष्ट्रपति चुनिएका छन् । उनकी पत्नी मेलेनिया अब फर्स्ट लेडी बन्नेछिन् । लन्जरी मोडल रहिसकेकी मेलेनिया डोनाल्ड भन्दा २४ वर्षले कान्छी हुन् । २१ वर्षअघि मेलेनियाले ट्रम्पकै बोइङमा ब्रिटिश म्यागेजिनका लागि उनले नाङ्गो फोटो खिचाएकी थिइन् । चुनावी अभियानका क्रममा यसै फोटोसुटलाई लिएर उनीमाथि आरोपको वर्षा भएको थियो।

मेलेनियाको जन्म स्लोभानियामा सन् १९७० मा भएको थियो । केबल १० वर्षको उमेरमा उनले अमेरिकाको नागरिकता लिएकी थिइन् । उनले १६ वर्षको उमेरदेखि मोडलिङ थालेकी थिइन् । मेलेनिया ट्रम्पकी तेस्री पत्नी हुन् । दुबैको पहिलो भेट न्यूयोर्कमा सन् १९९८ मा एक पार्टीमा भएको थियो । सन् १९९९ मा एक अन्तरवार्ताका क्रममा यी दुईबीचको प्रेमसम्बन्ध सार्वजनिक भएको थियो ।

उनीहरुले सन् २००४ मा बिहेको निर्णय गर्दै औँठी साटेका थिए । त्यसपछि सन् २२ जनवरी २००५ मा उनीहरुको बिहे भएको थियो । यी दुईबाट एकजना छोराको जन्म भएको छ । उनी अहिले १० वर्षका छन् । मेलेनियाकी आमा फेसनको दुनियाँसँग जोडिएकी थिइन् । १७ वर्षको उमेरमा फोटोग्राफर स्टेन जर्कोले मेलेनियालाई फोटोसुटको प्रस्ताव राखेका थिए ।

१८ वर्षको उमेरमा उनले इटालियन म्यागजिनबाट मोडलिङको यात्रा थालेकी थिइन् । मिलेनिया अहिले गहनार घडी डिजाइनिङको व्यापारमा संलग्न छिन् । उनले यो क्षेत्रमा धेरै सफलता पनि पाइसकेकी छन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

न्यूयोर्कको एक ट्याबलोइडले चुनावी अभियानका क्रममा मेलेनियाको पुरानो नाङ्गो फोटो छापेको थियो । फोटो क्याप्सनमा लेखिएको थियो, ‘आफ्ना सम्भावित फर्स्ट लेडीको तस्बिर यसअघि कहिले देख्नु भएको थिएन होला । केही प्रष्ट नबुझिने छन्, केही भने कहिल्यै छापिएका छैनन् ।’ यसको जवाफमा ट्रम्पले भनेका थिए, ‘यी तस्विरले ह्यूमन बडी आर्ट को बयान गर्छन् । यी त्यो बेलाका हुन्, जुन बेला म उनीसँग मिलेको पनि थिइनँ ।’

ट्रम्पले त्यो बेला आफ्नी पत्नी मेलेनियालाई एक सफल मोडलको संज्ञा दिएका थिए । ‘मेलेनियाले कयौं म्यागजिनको कभर फोटोसहित धेरै तस्विर खिचाएकी थिइन्’, उनले भनेका छन्, ‘यस्ता खालका तस्बिर धेरै फेसनेबल र साधारण हुने गर्दछन् ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com