ट्रम्पलाई नेपाली अमेरिकनको बधाई


प्रकाशित मिति : कार्तिक २४, २०७३ बुधबार

अमेरिकाको ४५ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी हुने निश्चित भएपछि अमेरिकामा रहेका ट्रम्प समर्थक नेपालीहरुले बधाई दिन सुरु गरेका छन् । ट्रम्प समर्थक नेपाली अमेरिकनहरुले सामाजिक सञ्जालहरुमार्फत बधाई दिन सुरु गरेका छन् ।

ट्रम्पको पक्षमा वकालत गर्दै आएका न्युयोर्क निवासी नेपाली अमेरिकन मिलन शाही आफ्नो फेसबुक स्टेटसमा लेख्छन् – ‘ल साथीहरु सबैलाई बधाई छ ।  यसमा कसैको जीत वा हार भन्दा पनि सबैको जीत हो भन्नुपर्दछ । अहिलेसम्म हामी जतिसुकै हिलारी या ट्रम्पको डम्फु बजाए पनि आ-आफ्नो अभिमत र स्वतन्तन्त्रताको सदुपयोग गरियो । यसमा एक अर्का प्रतिको कदर रहिरहनु पर्दछ । यसमा कसैको चित्त दुखाइ छैन । मतदान हो, एक जनाको बिजय त निश्चय नै हो । बिधिको बिधान ट्रम्पले जिते, आफूले चाहेको ब्यक्तिले जित्दा अवश्य नै खुशी छु । तर हिलारीलाई सपोर्ट गर्ने साथीहरुलाई पनि बधाई दिन चाहन्छु ।  अब रह्यो कुरो खेदिनु पर्ने । अप्रवासीहर द्वारा निर्मित देशमा हामी अप्रवासीहरु खेदिनु पर्ने छैन भन्नेमा ढुक्क छु । ओबामा कार्यकालदेखि वाक्क दिक्क भएर परिवर्तन र आगामी दिनहरु सहज र हाम्रा सन्ततीहरुको भबिष्य सुनिश्चित होस् भनेर ट्रम्पलाई रोजेको हो । ल बधाई छ रोजेको नेताले जितेकोमा ।’

डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपनि इलेक्टरहरुले औपचारिकरुपमा राष्ट्रपतिका लागि मतदान नगरेसम्म अमेरिकाको राष्ट्रपति औपचारिक रुपमा तय गरिदैन । इलेक्टरहरुले डिसेम्बरको तेश्रोसातातिर औपचारिकरुपमा राष्ट्रपतिका लागि मतदान गर्नेछन् भने जनवरीको पहिलो साता औपचारिक रुपमा मतगणना गरिनेछ । अमेरिकाको ४५ औं राष्ट्रपतिले सन् २०१७ को जनवरी २० मा पदभार ग्रहण गर्नेछन् ।

अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com