अपडेट : अमेरिकी मुलधारको राजनीतिमा नेपाली मुलका ह्यारी भण्डारी बिजयी


प्रकाशित मिति : असार १३, २०७५ बुधबार

नेपाली मुलका अमेरिकन नागरिक ह्यारी भण्डारीले मेरिल्याण्ड हाउस अफ डेलिगेट्स डिष्ट्कि ८ को प्राइमरी चुनाव जितेर अमेरिकामा नयाँ इतिहास रचेका छन् । हाल सम्म अमेरिकी मुलधारको राजनीतिमा नेपाली मुलका नागरिकले चुनाव जितको इतिहास छैन् ।

डेमोक्रयाटिक पार्टीको तर्फबाट चार जना मध्येबाट तिन जना उम्मदेवार बिजयी हुनुपर्नेमा ह्यारी ५ हजार ७ सय ६५ भोट ल्याएर दोश्रो स्थानमा बिजयी भएका छन् । नेपालको पर्वत जिल्लामा जन्मेका भण्डारी डेमोक्रयाट पार्टीमा करिब दशक बढी देखी सक्रिय छन् । भण्डारीले आगामी नोभेम्बरमा हुने जनरल इलेक्शन जितेमा एउटा नेपाली मुलको युवा अमेरिकी ससद भवन छिर्नेछ ।


उनको जित संगै अमेरिकामा रहेका नेपालीहरुले खुसी मनाईरहेका छन् । उनिसंगै पहिलोमा एरिक ब्रोमवेलले ६ हजार ३ सय ८७ मत ल्याएर बिजयी भएका छन्, भने र ह्यारी पछि तेश्रो स्थानमा कार्ल ज्याक्शनले ५ हजार ५६ मत ल्याएर चुनाव जितेका छन् । अब नोभेम्बरमा हुने चुनावमा ह्यारी सहितका तीनजना डेमोक्रायटिक पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार हुनेछन् ।

यस्तै डेमोक्रयाटिक पार्टीका प्राइमरी चुनावमा जो वेर्नर समेत उम्मेदवार थिए । उनि यो चुनावमा छानिन सकेनन्, उनले ३ हजार २ सय १९ मत ल्याएका छन् । पपुलर भोटका साथ चुनाव जितेपछि भण्डारीले संक्षिप्त प्रतिकृया दिँदै भने, यो मेरो जित समग्र नेपाली समुदायको जित हो । भण्डारीले भने, अमेरिकी मुलधारको राजनीतिमा नेपाली सफल हुनु आम नेपाली सफल हुनु हो, गर्वको कुरा हो ।

उनले भने मलाई मेरो पार्टीको तर्फबाट पूर्ण सहयोग छ, आगामी नोमेभ्बरमा हुने जनरल इलेक्शनमा पनि म बिजयी हुन्छु भन्ने विश्वास छ, त्यसका लागि आज सम्म मलाई नेपाली समुदायले जसरी सहयोग गरिरहेको छ, त्यसैगरी सहयोग हुनेमा विश्वस्त छु ।

यस्तै भण्डारीले मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा पनि हाल सम्म लिड गरिरहेका छन् । पार्टीको तर्फबाट आठ जना उम्मेदवार छन्, त्यस मध्ये पाँच जना बिजयी हुनेछन् । हाल सम्मको मतगणना अनुसार ह्यारी दोश्रो स्थानमा छन् ।

डेमोक्रयाट् पार्टीका उम्मेदवार बनेका भण्डारी हालै मेरिल्याण्ड राज्यबाट एशियन अमेरिकन अवार्डबाट समेत सम्मानित भईसकेका छन् । सन २०१४ मा भएको चुनावमा ह्यारीले ३८२८ मत ल्याएर चौथो भएका थिए । २०१४ को चुनाव जित्नेमा एरिक ब्रोमवेल, जोन क्लस्टर र क्रिस्चियन मलि थिए, मलि भने रिपब्लिकन पार्टीका उम्मेदवार थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com