विश्वकप फुटबलमा मंगलबार हुने चार खेलहरूः


प्रकाशित मिति : असार १२, २०७५ मंगलबार

रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा सोमबार (आज) ४ खेलहरू हुँदैछन्।

समूह चरण तेस्रो तथा अन्तिम राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह सी मा रहेका अष्ट्रेलिया र पेरूले प्रतिस्पर्धा गर्दैछन्। खेल फिस्ट ओलम्पिक रंगशालम सोचीमा नेपाली समयअनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ।

पेरू प्रतियोगिताबाट बाहिरिसकेको भने अष्ट्रेलियको सम्भावना कामयै छ। फ्रान्स भने अन्तिम १६ मा स्थान बनाउन सफल भइसकेको छ। पेरू उद्घाटन खेलमा डेनमार्कसँग र दोस्रो खेलमा फ्रान्ससँग समान १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। यता अष्ट्रेलिया उद्घाटन खेलमा २–१ ले पराजित भएको थियो भने दोस्रो खेलमा डेनमार्कसँग १–१ को बराबरीमा रोकेको थियो।

अघिल्लो चरणको यात्रा तय गर्न अष्ट्रेलियालाई यो खेलमा जित्नैपर्ने दबाब छ। अघिल्लो चरणका लागि अष्ट्रेलियले जितेर मात्र पुग्दैन अन्य टोलीको खेलमा पनि भर पर्नुपर्नेछ। यदी फ्रान्सले बराबरी खेलको खण्डमा पनि अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिने छ। अष्ट्रेलियाको १, फ्रान्सको ६ र डेनमार्कको ४ अंक छ। आजै हुने दोस्रो खेलमा बेलुका ७ः४५ मा समुह सी कै डेनमार्क र फ्रान्स भिड्नेछन्। सो खेल लुज्निकी रंगशाला मस्कोमा हुनेछ। यी दुई टोलीबीचको खेलपछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ।

त्यस्तै सेन्ट पिटर्सबर्ग रंगशालामा हुने अर्को खेलमा राती ११ः४५ मा समूह डी का अर्जेन्टिना र नाइजेरिया आमने सामने हुनेछन्। अर्जेन्टिना पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा क्रोएसियासँग ३–० को लज्जास्पद हार ब्यहोर्न बाध्य भएको थियो। २०१४ को विश्वकपमा उपविजेता बनेको अर्जेन्टिनालाई अन्तिम १६ मा प्रवेश गर्न यो खेलमा जित्नैपर्ने दबाब छ।

अर्जेन्टिना अहिले गर या मर को अवस्थामा छ। त्यसैले अर्जेन्टिनाले जितेर मात्र पुग्दैन अन्य टोलीको खेलमा पनि निर्भर हुनुपर्नेछ। यो समूहमा क्रोएसियाको ६, नाइजेरियाको ३ तथा अर्नेन्टिना र आइसल्याण्डको समान १–१ अंक छ। यता ११ः४५ मै रोस्टोभ एरिना सामरा रंगशालामा हुने आजको अर्को खेलमा क्रोएसिया र आइसल्याण्ड खेल्दैछन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com