मोरक्कोले स्पेनसँग २–२ को बराबरी खेल्यो,स्पेनलेअब अन्तिम १६ मा रुसको सामाना गर्ने


प्रकाशित मिति : असार ११, २०७५ सोमबार

विश्वकप फुटवलमा समूहचरणबाटै बाहिरिएको मोरक्कोले स्पेनसँग बराबरी खेलेको छ ।

समूहको अन्तिम खेलमा मारक्कोले स्पेनसँग २–२ को बराबरी खेलेको हो ।मोरक्कोलाई खलेको १४ औं मिनेटमा खालि बौताइवले अग्रता दिलाए । तर १९ औं मिनेटमा स्कोले गोल गर्दै बराबरी गरे ।

युसेफइन नेसरीले ८१ औं मिनेटमा गोल गर्दै जीतको आशा जगाए । तर आएगो एसपासले गोल गर्दै बराबरी गरेका हुन् ।

बराबरी पछि स्पेन समूह बिजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । मोरक्को भने एक खेल अघिनै बाहिरिसकेको थियो ।

यदि यो खेल हारेको भए स्पेन पनि बाहिरिने थियो ।समूह बी कै अर्को खेलमा इरानले पोर्चुगलसँग बराबरी ग¥यो ।

पोर्चुगल समूूहको उपबिजेता बन्दै नक आउट चरणमा प्रवेश गरेको छ । अब अन्तिम १६को खेलमा स्पेनले रुस र पोर्चुगलले उरुग्वेको सामाना गर्ने छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com