अयोग्य लडाकुको कब्जामा माओवादी कार्यलय


प्रकाशित मिति : कार्तिक २३, २०७३ मंगलबार

बर्हिगमित पूर्वलडाकुले माओवादी केन्द्रको केन्द्रीय कार्यलय पेरिसडाँडा नियन्त्रणमा लिएका छन्। सोमबार दिउँसो १ बजेबाट उनीहरुले अनिश्चित कालका लागि पार्टी कार्यलय नियन्त्रणमा लिएका हुन ।

राज्यले आफुहरुमाथि लागाएको ‘अयोग्य ’को बिल्ला हटाउनु पर्ने, आफुहरुलाई गणतन्त्र योद्धा घोषणा गरिनु पर्ने र जनमुक्ति सेना सरहको समान व्यावहार गर्नुपर्ने उनीहरुको माग छ । उनीहरुले पार्टी कार्यलयको मुल गेटमै ‘तला’ लगाएर भित्र धर्ना दिएका छन् ।

कार्यलय भित्र बाहिर गर्न सवैलाई रोक लगाइएको बर्हिगमित जनमुक्तिसेना नेपालका संयोजक लेनिन विष्टले जानकारी दिए । आफुहरुको माग पुरा नभएसम्म कार्यलय घेराबन्दी जारी राख्ने उनले बताए । ‘ सात बुँदे माग हामीले राखेका छौं । माग पुरा नभएसम्म कार्यलय घेराबन्दी छाड्दैनौ विष्टले भने ।यसअघि पनि उनीहरुले माओवादी केन्द्रीय कार्यलय ५७ दिनसम्म धर्ना दिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com